२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

भारतबाट अवैध रुपमा बिस्कुट भित्रियो



अ+ अ-

विराटनगर । इलामको पशुपति नगरदेखि पश्चिम नेपालका भारतसँग जोडिएको खुला सिमानाको फाइदा उठाउँदै अवैध रूपमा भारतीय बिस्कुट भित्रन थालेपछि नेपाली बिस्कुट उद्योगले आफ्नो उत्पादन ५० प्रतिशत कटौती गर्न बाध्य भएका छन् । कोरोनाको कारण सीमानाका पूर्णरूपमा बन्द हुँदा बिस्कुट उद्योगहरूले क्षमताको शतप्रतिशत उत्पादन गरेका थिए । तर, नाका खुल्नासाथ अवैध रूपमा बिस्कुट भित्रिन थालेपछि उत्पादन ५० प्रतिशत घटाउन बाध्य भएको उद्योगीहरूले बताएका छन् ।

पाँच वर्ष अघिसम्म नेपालभरि ३५ ओटा बिस्कुट उद्योगहरू सञ्चालनमा थिए । तर, भारतबाटै चिनी र मैदा ल्याएर नेपालमा बिस्कुट उत्पादन गरी भारतीय उत्पादनसँग नै बजारमा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यताका कारण २१ उद्योग बन्द भएका छन् ।सरकारले बिस्कुट उद्योगमा प्रयोग हुने मैदा र चिनीलाई कच्चा पदार्थ मानेर भन्सार छूट नदिँदा सञ्चालनमा रहेका १४ उद्योगको अवस्था पनि कमजोर रहेको नेपाल बिस्कुट उत्पादक संघका उपाध्यक्ष तथा गुडलाइफ बिस्कुटका सञ्चालक महेश जाजूले बताए ।

जाजूका अनुसार बन्दाबन्दीको समयमा नेपाली उत्पादनले स्वदेशी बजारमा नै राम्रो खपत पाएको थियो । त्यो बेलामा माग बढी भएको कारण उद्योगहरूले नयाँ प्लान्ट थप्नुपर्ने अवस्था आए पनि अहिले भारतीय बिस्कुट भन्सार छलेर आइरहेकाले नेपाली बिस्कुटको खपत ५० प्रतिशत घटेको छ । जसको कारण उद्योगको उत्पादन पनि ५० प्रतिशतमा खुम्चिएको छ ।आर्थिक अभियान दैनिकमा वेदराज पौडेलले लेखेका छन् ।