१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

रक्सीमा इनर्जी ड्रिंक्स मिसाउदा खतरनाक साबित !



अ+ अ-

एजेन्सी । रक्सीमा इनर्जी ड्रिंक्स मिसाएर पिउनु स्वास्थका लागि खतरनाक भएको क्यानाडामा गरिएको एक अनुसन्धानले देखाएको छ। यसबाट दुर्घटना र चोटपटक लाग्ने संभावना बढी रहेको बताइएको छ। इनर्जी ड्रिंक्समा रहेको क्याफेनको कारण मानिसहरुलाई नशा चढेको महसुस नहुने र तिनीहरुले सामान्य अवस्थामा भन्दा बढी रक्सी पिउने बताइएको छ।

अनुसन्धानकर्ताहरुले यसको कारण सुत्नमा पनि समस्या आउने र मुटुको स्पन्दन बढाउने बताएका छन्। अहिले पब, क्लब र घरमै पनि रक्सीसँग रेडबुल र मोन्स्टरजस्ता इनर्जी ड्रिंक्स मिसाएर पिउने चलन निकै लोकप्रिय हुँदै गइ रहेको छ। तर हालै सम्पन्न अनुसन्धानले परम्परागतरूपमा अन्य चिजसँग मिसाएर वा केही नमिसाई सक्सी पिउनुभन्दा इनर्जी ड्रिंक्स मिसाउनु धेरै खतरनाक हुने जनाएको छ। 

सन् १९८१ देखि २०१६ सम्म क्यानाडाको युनिभर्सिटी अफ भिक्टोरियामा गरिएका यससम्बन्धी १३ वटा अध्ययनलाई पुनरावलोकन गरिंदा इनर्जी ड्रिंक्ससँग रक्सी पिउँदा लड्ने, झगडा हुने र अन्य दुर्घटना हुने खतरा बढी रहेको पाइएको छ। तर अझै यस अध्ययनमाथि थप अनुसन्धानको जरुरत रहेको बताइएको छ। 

हाल खाद्यान्न मापदण्ड निकाय र विषाक्तता समितिले भने अनुसन्धानको दाबी स्पष्ट नभएको जनाएका छन्। २ सय ५० मिलिलिटर इनर्जी ड्रिंक्समा करिब ८० मिलिग्राम क्याफेन हुन्छ। जबकी ३ सय ३० मिलिलिटर कोकाकोलामा ३२ र डाइट कोकमा ४२ मिलिग्राम क्याफेन हुन्छ।

क्याफेन बढी मात्रामा सेवन गरेमा चिन्ता लाग्ने, अत्तालिने र रक्चाप बढ्ने जस्ता लक्षण देखिन थाल्छन्। गर्भवती र स्तनपान गराउने महिलाहरुलाई दिनमा २ सय मिलिग्रामभन्दा बढी क्याफेन सेवन नगर्ने सल्ला दिइने गरिन्छ।