६ मंसिर २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

ढोक्सा राजनीति र दाहालको काँध: अब धोका पाउने पालो कसको ?



फाईल फोटो
अ+ अ-

काठमाडौं । शीर्ष हेर्दा तपाईंलाई केही अचम्म लाग्न सक्छ । भर्खरै सत्ताको नयाँ समीकरण बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसलाई सत्ताबाट निकालेर एमालेको हात समातेका छन् । सधैं सत्ता र शक्तिमा रमाउने र मुलुकमा केही न केही नयाँ राजनीतिक परिस्थिति सिर्जना गरेर चर्चामा आइरहने प्रधानमन्त्री दाहालले यस पटक कांग्रेसले नसोचेको परिणाम सुनाइदिएका छन् ।

२०६३ सालमा शान्ति प्रक्रियामा सहभागी भएपछि माओवादी केन्द्रका अध्यक्ष दाहाल जहिल्यै मुलुकको शक्तिमा छन् । आफ्नो पार्टी नेकपा माओवादी केन्द्रलाई त उनले सधैं सत्तामै राखिराखेका छन् । आफ्ना एक जना मित्र अर्थात् तत्कालीन जनयुद्धको सारथी डा. बाबुराम भट्टराईलाई एक पटक प्रधानमन्त्री बनाएपछि उनी आफैं तीन पटक प्रधानमन्त्री बनिसकेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, अहिले नेकपा एकीकृत समाजवादीको अध्यक्ष भएका तत्कालीन एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि दाहालले प्रधानमन्त्री बनाइसकेका छन् ।

आफूलाई सधैं राजनीतिको मूल प्रवाहमा राख्ने स्वभाव भएका प्रधानमन्त्री दाहालले कहिले कांग्रेस त कहिले एमालेलाई प्रयोग गर्दै आएका छन् । २०६४ सालको चुनावमा एक्लै प्रतिस्पर्धा गरेका माओवादी केन्द्रले प्रत्यक्षतर्फका २ सय ४० मध्ये १ सय २० ठाउँमा जित निकालेको थियो । तर त्यसपछि माओवादी केन्द्रको जनाधार कमजोर हुँदै गएको छ । २०७४ सालको चुनावमा एमालेसँगको गठबन्धन गरेर प्रत्यक्ष र समानुपातिक गरी ५४ सिट जितेको माओवादी केन्द्रले २०७९ सालको निर्वाचनमा कांग्रेससँगको गठबन्धनमा जम्मा ३२ सिट मात्र जितेको छ । पार्टी खिइँदै गए पनि दाहालको शक्ति भने खिएको छैन । बरु उल्टै नेपाली राजनीतिकको सबैभन्दा शक्तिशाली बन्दै आएका छन् । १४ महिनाअघि एमालेको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले दुई महिनापछि नै उसलाई सरकारबाट हटाएर कांग्रेसलाई भित्र्याएको थिए । अहिले फेरि कांग्रेसलाई हुत्याएर एमालेलाई नै भित्र्याएका छन् ।

संसद्को त्रिशंकु अंकगणितको फाइदा उठाउँदै दाहालले कहिले कांग्रेस त कहिले एमालेलाई उपयोग गरिरहेका छन् । जबकी माओवादी केन्द्रभन्दा कांग्रेस र एमालेको जनाधार बलियो मात्र छैन संसद्मा पनि शक्तिशाली छन् । तर पहिलो र दोस्रो दल जसबाट बढी फाइदा हुन्छ उसैतिर बदलिने सुविधा तेस्रो दल अर्थात माओवादी केन्द्रलाई छ । तर यो सधैं रहीरहन्छ भन्ने छैन । अर्को चुनाव नभएसम्म संसद्को अंकगणित यही कायम रहे पनि कांग्रेस र एमाले तत्काल मिली हाल्ने अवस्था दाहालले देखेका छैनन् । दुई ठूला दल मिले भने दाहालको अवस्था कमजोर बन्न सक्छ ।

अहिले मात्र होइन, भविष्यमा हुने चुनावलाई हेरेर दाहालले अहिले सत्तासमीकरणमा फेरबदर ल्याएका हुन् । किनकी कांग्रेसले आगामी २०८४ सालको चुनाव एक्लै लड्ने घोषणा गरिसकेको छ । एमाले पनि त्यसैको तयारीमा छ । तर माओवादीले एक्लै चुनाव लड्ने आँट गर्न सकेको छैन । कांग्रेस र एमालेमध्ये एकलाई साथमा लिएर चुनाव लडेर मात्र आफू राजनीतिको तेस्रो स्थानमा आउँछु भन्ने राम्रोसँग बुझेका दाहालले अहिले नै एमालेलाई रोजेका हुन् । तर परिस्थिति सधैं यही भइरहन्छ भन्ने अवस्था चाहिँ छैन ।

प्रधानमन्त्री दाहालबाट पटक–पटक धोका पाइसकेका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली अब एकैचोटी दाहालसँग रिसाएमा के होला ? यो नहोला भन्ने पनि छैन । किनकी अब देउवाले यो गठबन्धन कुनै पनि हालतमा फुटाउन चाहन्छन् । त्यसका लागि उनले अनेक विकल्प अघि सार्न सक्छन् । कांग्रेसभित्रको शक्ति सन्तुलन मिलाउन र दाहाललाई ठीक पार्न देउवाले नयाँ विकल्प सार्न सक्छन् । त्यो भनेको एमालेसँग मिलेर सरकार बनाउनु । त्यसका लागि उनले आफूलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्ने छैनन् । आफ्नो पार्टीभित्रको असन्तुष्ट पक्ष अर्थात शेखर कोइराला र गगन थापा समूहका नेताहरुलाई अघि सार्न सक्छन् । त्यो भनेको शेखर कोइरालालाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गर्ने ।

देउवाले कोइरालालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दैमा के होला र भन्ने पनि हुनसक्छ । तर माओवादी केन्द्रका अध्यक्ष दाहालसँग रिस फेर्न वा आफूलाई दिएको धोकाको पैचो तिर्न देउवाले जेसुकै पनि गर्न सक्छन् । किनकी देउवा पनि नेपाली राजनीतिको चतुर खेलाडी नै हुन् । त्यसका लागि उनले एमालेको साथ लिन सक्छन् । प्रधानमन्त्रीका रुपमा कोइरालालाई प्रस्ताव गर्ने र एमालेको सहयोग लिने देउवाको रणनीतिले दाहाललाई निकै अप्ठयारो पर्न सक्छ ।

त्यसो त एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता शेखर कोइरालाबीच निकै राम्रो सम्बन्ध छ । दाहालले एमालेसँगको सहकार्य तोडेर कांग्रेससँग समीकरण बनाइसकेपछि पनि ओली र कोइरालाबीच पटकपटक वार्ता मात्र भएको छैन, ओलीले नै कोइरालालाई प्रधानमन्त्रीमा अग्रसर हुन भनिसकेका छन् । तर कांग्रेस संसदीय दलको नेता बन्न कोइरालालाई देउवाले दिएका छैनन् । भोलिका दिनमा देउवाले कोइरालामार्फत् एमालेसँग सहकार्य गर्ने वातावरण बनाउन सके दाहाललाई निकै अप्ठ्यारो पर्न सक्छ ।

अहिलेसम्म कहिले कांग्रेस त कहिले एमालेको काँध फेदै आएका प्रधानमन्त्री दाहाललाई बोक्ने दुई शक्ति एकजुट हुने अवस्था आएमा के होला ? नेपालको संसदीय कालखण्डमा दाहालले काँध फेर्न सिकाएकै छन् । अब देउवाले पनि आफ्नो पार्टीभित्रको सन्तुलन मिलाउन मात्र होइन, दाहालको चुरीफुरी अन्त्य गर्न एमालेको काँध थापेर कोइरालालाई अघि बढाएर भने अनौठो नमान्दा हुन्छ । किनकी अघिल्लो वर्ष दाहाललाई विश्वासको मत दिएर देउवाले थापेको ढोक्सामा केही समयपछि सत्ता परेको थियो । अब पनि देउवाको ढोक्का राजनीतिमा शेखर कोइरालाको पासो थापे केही समयमा फेरि सत्ता नपर्ला भन्न चाहिँ सकिँदैन ।