२५ माघ २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

शालीनको झुण्डिएर मृत्यु भएको पोस्टमार्टम रिपोर्ट



अ+ अ-

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी शालिन पोखरेलको बलात्कार नभएको रिपोर्ट आएको छ ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको पोस्टमार्टममा संलग्न एक जना चिकित्सकले बताए ।

गत १० फागुनमा विद्यालयको छात्रावासको कोठामा १४ वर्षीया शालिन मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएकोमा परिवारले अस्पतालको विश्वास नभएको भन्दै प्रहरीको रोहबरमा काठमाडौं शिक्षण अस्पताल ल्याईएको थियो ।

त्रिवि अस्पतालले आज प्रहरीलाई पठाएको पोस्टमार्टम रिपोर्टमा उनको मृत्यूको कारण ह्याङ्गिङ (झुण्डिएर) भएको भनिएको छ । शालीनको कन्याजाली नच्यातिएको (हाइमेन इन्टयाक्ट) रहेको पोष्टमार्टमाबाट खुलेको छ । साथै, उनको शरीरमा ठुलो चोटपटक पनि देखिएको छैन ।

घटना बारे प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ । प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।