१८ माघ २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

रत्न–श्रेष्ठ पुरस्कार गुठीबाट पाँच लेखक पुरस्कृत



अ+ अ-

बागलुङ । रत्न–श्रेष्ठ पुरस्कार गुठी बागलुङले विभिन्न विधामा पाँच लेखकलाई शुक्रबार पुरस्कृत गरेको छ । गुठीले हरेक दुई-दुई वर्षमा प्रदान गर्ने रु ५० हजार राशिको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार' बाट यो वर्ष लेखक चन्द्रप्रकाश बानियाँ पुरस्कृत हुनुभएको छ । निबन्ध कृति ‘भौज्याहा’का लागि उहाँ पुरस्कृत हुनुभएको हो ।

म्याग्दीको बेनी नगरपालिका–५ पुलाका बानियाँ यो वर्षको ‘मदन पुरस्कार’ विजेतासमेत हुनुहुन्छ । यस्तै ‘रत्न–श्रेष्ठ प्रादेशिक पुरस्कार’ लेखक डा. प्रमोद ढकालले प्राप्त गर्नुभएको छ । रु २५ हजार राशिको सो पुरस्कार निबन्ध कृति ‘पूर्वीय दर्शनको पुर्नव्याख्या’का लागि उहाँलाई प्रदान गरिएको गुठीले जनाएको छ ।

गुठीले नै प्रदान गर्ने ‘धवलागिरि प्रतिभा पुरस्कार’ लेखक महेश्वर पन्तलाई प्रदान गरिएको छ । उपन्यास कृति ‘फुर्लुङ’का लागि उहाँ पुरस्कृत हुनुभएको हो । पुरस्कारको राशि रु १५ हजार रहेको छ । गुठीमा स्थापित ‘जगतचन्द्र स्मृति राष्ट्रिय पुरस्कार’ प्रा डा रमेशचन्द्र अधिकारीले प्राप्त गर्नुभएको छ । 

‘जीवन दर्शनको रुपरेखा’ कृतिका लागि अधिकारी पुरस्कृत हुनुभएको हो । सो पुरस्कारको राशि रु २५ हजार रहेको छ । यस्तै गुठीद्वारा सञ्चालित ‘गुरु गणेश–विष्णु स्मृति पुरस्कार’ लेखक मीनराज वसन्तलाई प्रदान गरिएको छ । उपन्यास कृति ‘पिपिरी’का लागि लेखक वसन्त पुरस्कृत हुनुभएको हो । उक्त पुरस्कारको राशि रु १२ हजार रहेको छ ।

यहाँ आयोजित समारोहमा वरिष्ठ अधिवक्ता पदमनाथ शर्मा र गुठीका संस्थापक-संरक्षक प्रेम छोटाले लेखकलाई पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कृत कृतिमाथि धौलागिरि बहुमुखी क्याम्पसका प्रा डा. दिनबहादुर थापाले समीक्षात्मक टिप्पणी राख्नुभएको थियो । नेपाली भाषा र वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका कवि, लेखकलाई पुरस्कृत गर्ने गरिएको संस्थापक-संरक्षक छोटाले बताउनुभयो ।

पुरस्कार ग्रहणपछि बोल्दै लेखकले आफूहरुको सिर्जनाकर्ममा ऊर्जा थपिएको प्रतिक्रिया दिएका छन् । साहित्यकार छोटाले आफ्नी दिवङ्गत आमा रत्नकुमारी श्रेष्ठको स्मृतिमा विसं २०३४ सालमा पुरस्कार गुठी स्थापना गर्नुभएको थियो । रासस