२५ माघ २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बोलेरोलाई टिपरले ठक्कर दिँदा दुईको मृत्यु, पाँचजना घाइते



अ+ अ-

बेलबारी । दमकबाट तमोर करिडोर हुँदै फिदिम जाँदै गरेको बोलेरोलाई टिपरले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी–३ पुरानो मालपोत अगाडि आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र१ख ९६७६ नम्बरको टिपरले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक बसलाई ठक्कर दिँदै सोही दिशामा रहेको मे१ज २८५६ नम्बरको बोलेरोलार्ई ठक्कर दिएको थियो ।

मृत्युहुनेमा बोलेरोमा सवार झापा कमल गाउँपालिकाका ५२ वर्षीय यदुकान्त भट्टराई र सोही ठाउँका ४४ वर्षीया गीता खनालको घटनास्थलमै मृत्यु भएको र अन्य पाँच जना गम्भीर अवस्थामा रहेका प्रहरी निरीक्षक दाहालले बताउनुभयो । घाइतेको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस