२५ माघ २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मानव बेचबिखनमा संलग्न मियाँ पक्राउ



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले मानव बेचबिखन कार्यमा संलग्न एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका–४ का ४७ वर्षीय मुर्तुजा मियाँ रहेका छन् । उनलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

कुवेतमा घरेलु काममा लगाईदिने प्रलोभनमा पारी एक महिलालाई श्रीलङ्का पु¥याई बेचबिखन गरेको आरोपमा मियाँलाई पक्राउ गरेको प्रहरीकोे मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिनुभयो । मियाँले पीडित महिलालाई सुनौली हुँदै भारतको नयाँदिल्ली पु¥याइ त्यहाँका एजेन्टमार्फत श्रीलङ्का पठाएको अनुसन्धानका क्रममा खुलेको उहाँले बताउनुभयो ।

पीडित महिला श्रीलङ्का पुगेपछि त्यहाँ उनलाई ६८ दिनसम्म राहदानीलगायत कागजात जफत गरी बन्धक बनाएर राखेको खुलेको छ । उनलाई मानसिक यातना दिने तथा कुटपिट गर्ने गरेको पाइएको प्रवक्ता फुँयालले बताउनुभयो ।

पक्राउ परेका मियाँलाई जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । रासस