२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पशुपतिनाथ मन्दिरमा जलहरी जडान सात दिनभित्रै



अ+ अ-

काठमाडौँ । पशुपतिनाथ ज्योतिर्लिङ्गमुनिको जलहरीलाई सुनले मोर्ने गरी १०८ किलो सुनको जलहरी बनिरहेको छ । पाटनका कालिगढले एक सातादेखि जलहरी बनाइरहेका छन् । जलहरी बनाउने कार्य मन्दिर परिसरमा नेपाली सेनाको कडा सुरक्षाबीच भइरहेको छ । एक साताभित्र जलहरी जडान हुनेछ । पशुपतिनाथका कोटवाल पूर्णनारायण जोशीका अनुसार जलहरी जडान गर्ने क्रममा शनिबार पशुपतिनाथका चारै मुहारका पुजारीले भइरहेको चाँदीको जलहरी फुकाइरहेका छन् ।

जलहरी र ज्योतिर्लिङ्गमा पुजारीले मात्र छुन पाउने विधान छ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाका अनुसार पशुपतिनाथमा क्षमापूजा नगरी नयाँ धातु जडान कार्य गर्न नहुने भएकाले दक्षिण भारतबाट ४० जना पण्डित क्षमापूजाका लागि यहाँ आएका छन् । पण्डितहरूले शनिबारदेखि सात दिन निरन्तर क्षमापूजा गर्नेछन् । क्षमापूजाको एक विधि शनिबार सम्पन्न भएको छ ।

१०८ केजी सुनमा तामा तीन किलो र चाँदी एक किलो मिश्रण गरिने छ । डा। खतिवडाले पञ्चधातुसहितको जलहरी बनाउनुपर्ने विधानअनुसार यी धातु मिश्रण गरिएको बताउनुभयो । त्यसका लागि आवश्यक पर्ने सुन नेपाल राष्ट्र बैङ्कबाट खरिद गरिएको छ । जलहरीपछि पशुपति मन्दिर परिसरको बसाहा, छाना र गजुरसमेतमा सुन लेपन गर्ने योजना छ । लिच्छवि राजा सुपुष्पदेवको समयमा झिँगटीको छाना रहेको पशुपतिनाथ मन्दिरमा पछिका राजाले सुनको मोलम्बासहितको छाना छाएका हुन् । तत्कालीन राजा त्रिभुवन र महेन्द्रको पालामा मन्दिरभित्र धातुको प्रयोग हुन थालेको इतिहास छ ।

बसाहा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका छोरा जितजङ राणाले राख्न लगाएका थिए । पृथ्वीनारायण शाहका सेवक राधाबल्लभ र शक्तिबल्लभ अर्यालले चाँदीको ढोका तथा शाहका सुब्बा कुलानन्द झाले मन्दिरभित्र र बाहिर थप चाँदीको ढोका हाल्न लगाएका थिए । गोरखापत्र दैनिक