२५ माघ २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

केन्द्रीय कारागारका कैदीबन्दी स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध



अ+ अ-

काठमाडौँ । केन्द्रीय कारागारका कैदीबन्दीलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिएको छ । कारागार व्यवस्थापन विभागले कारागारभित्र रहेका कैदीबन्दीको स्वास्थ्य उपचारमा सहज होस् भन्ने उद्देश्यले फागुनदेखि लागू हुने गरी स्वास्थ्य बीमा लागू गरिएको हो । केन्द्रीय कारागार कार्यालयका स्वास्थ्य कार्यक्रम प्रमुख कल्पना ज्ञवालीले केन्द्रीय कारागारमा एक वर्षभन्दा बढी कैद भुक्तान गरेका कैदीबन्दीलाई लक्षित गरी स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको जानकारी दिनुभयो ।

विभागले एकजना कैदीबन्दीको लागि रु तीन हजार ५०० उपलब्ध गराएर स्वास्थ्य बीमा गरिदिएको हो । कैद भुक्तान गरेर कारागार बाहिर निस्किएपछि उक्त बीमा स्वत: खारेज हुने उहाँले बताउनुभयो । कारागार प्रशासक ललित बस्नेतले कैदीबन्दीको स्वास्थ्यका लागि सहयोग पुग्ने उद्देश्यले कैदीबन्दीका लागि स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको बताउनुभयो । उक्त कार्यक्रम सञ्चालन भएसँगै अब कैदीबन्दीले रु एक लाख बराबरको उपचार बीमाबाट गर्न पाउने उहाँको भनाइ थियो ।

यसबाहेक सरकारले केन्द्रीय कारागार अस्पतालमार्फत कैदीबन्दीको उपचार गर्दै आएको छ । तीस श्ययाको केन्द्रीय कारागार अस्पतालमा उपचारका लागि सम्भव नभएका रोगका बिरामीलाई विभिन्न २५ अस्पतालसँग सम्झौता गरेर कैदीबन्दीको उपचार गर्दै आइरहेको कारागार प्रशासक बस्नेतले बताउनुभयो ।

कारागार अस्पतालले हाल ओपिडी, ल्याब, एक्सरे, इसिजी, अल्ट्रासाउन्ड, डेन्टल, मनोरोग, छालारोग र आँखा रोगलगायतका रोगको उपचार गर्दै आएको छ । सो अस्पतालले बेलाबेलामा कैदीबन्दीका लागि स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै कैदीबन्दीलाई खानपान, जीवनयापन, रहनसहनलगायतका कुरासमेत सिकाउँदै आइरहेको छ ।

केन्द्रीय कारागार र त्यस मातहत हाल तीन हजार ७२१ कैदीबन्दी रहेका छन् । जसअन्तर्गत केन्द्र जेलमा एक हजार ८७३, भद्र जेलमा एक हजार १६७, महिला जेलमा ४५३, बाल सुधार गृह भक्तपुरमा २२८ र ११ नाबालक छन् ।