१३ मंसिर २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

स्वास्थ्यमा नकारात्मक असर कस्को बढि :माछा कि मासु ?



अ+ अ-

काठमाडौं । पौष्टिक दृष्टिकोणले माछा–मासु पोषिलो खाना हो । तर, आवश्यकभन्दा बढी खाएमा यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । स्वास्थ्य व्यक्तिले पनि कस्तो प्रकारको मासु कति खाँदा उपयुक्त हुन्छ भन्ने कुरामा विचार पुर्‍याउनु पर्छ । झन् उच्च कोलेस्टेरोल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या भएकाहरूले मासु खाँदा धेरै सावधानी अपनाउनु पर्ने हुन्छ । साधारणतयाः मासु प्रोटिनको राम्रो स्रोत भएपनि कोलेस्टेरोल, चिल्लो पदार्थ, ट्राइग्लिसिराइड पनि प्रसस्त हुने भएकाले सन्तुलित रूपमा उपभोग गर्न नसकेमा स्वास्थ्य समस्या सृजना हुन सक्छ ।

रातो मासु : रातो मासु अर्थात् खसी–बोका, राँगा, बँदेल, भेँडा आदिको मासुमा प्रोटिनका साथै ‘फ्याटी एसिड’ पनि प्रसस्त मात्रामा हुन्छ । मासुमा भएको कोलेस्टेरोलले भन्दा फ्याटी एसिडले बढी खराब गर्छ । किनकि शरीरभित्र फ्याटी एसिडसँग कोलेस्टेरोल मिलेपछि मात्र खराब चिल्लो पदार्थ बन्छ । त्यसैले मासु खाँदा चिल्लोमा विशेष ध्यान दिनुपर्छ । वयष्क तथा वृद्धहरूमा साधारणतया बढी स्वास्थ्य समस्या देखिने हुनाले रातो मासु खाँदा विशेष सावधानी अपनाउनु पर्ने हुन्छ ।

कतिपय समुदायले सांस्कृतिक प्रचलन र धार्मिक मान्यता अनुसार रातो मासुलाई नै विशेष प्राथमिकता दिएका हुन्छन् । यस्तो स्थितिमा सकेसम्म कम परिमाण प्रयोग गर्नुपर्छ । मासु कम खाने र पकाउने विधिमा समेत विचार पुर्‍याउनु पर्ने हुन्छ । सकेसम्म आँखाले देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी पकाउनु राम्रो हुन्छ । ‘ग्रिल्ड’, ‘बेक’ वा उसिनेर पकाउँदा चिल्लो पदार्थको परिमाण कम हुन सक्छ ।

यसैगरी, विभिन्न अङ्गका मासु (मुटु, कलेजो, मृगौला, फोक्सो आदि) पनि मासुको परिकारका रूपमै प्रयोग गरिन्छ । यी अङ्गका मासुमा कोलेस्टेरोलको साथै भिटामिन ‘ए’, ‘डी’, ‘ई’ र केही मात्रामा भिटामिन ‘बी’ पाइन्छ । तामा, लौहतत्व, जिङ्क जस्ता खनिज तत्व पनि यी अङ्गमा प्रसस्त मात्रामा पाइन्छ । कलेजो फलामको राम्रो स्रोत भए पनि यसमा रासायनिक पदार्थहरू फोहरका रूपमा जम्मा हुने भएकाले सकेसम्म कलेजो उपभोग नगर्दा राम्रो । यस्तै, रातो मासु हाली बनाएको ससेज जस्ता परिकारलाई लामो समय संरक्षण गर्न रसायन (प्रिजरभेटिभ) राखिने भएकाले यस्ता मासुका परिकार खानाले क्यान्सरको सम्भावना हुनसक्ने कुरा अध्ययनले देखाएको छ । रातो मासु प्रोटिनको स्रोत भए पनि स्वास्थ्यका दृष्टिले त्यति उपयुक्त नभएको हुँदा कहिलेकाहीँ थोरै परिमाणमा मात्र खानु राम्रो हुन्छ ।

सेतो मासु : सेतो मासु भन्नाले कुखुरा, हाँस, विभिन्न चराचुरुङ्गीको मासु भन्ने बुझिन्छ । यस प्रकारको मासु प्रोटिनको उत्तम स्रोत हुनुका साथै रातो मासुको दाँजोमा चिल्लो पदार्थ कम हुन्छ । चराको प्रकार, कुन अङ्गको मासु र पकाउने विधिअनुसार चिल्लोको मात्रा फरक–फरक हुन्छ । टर्कीको छातीको छाला नभएको मासुमा १८ प्रतिशत चिल्लो हुन्छ भने सोही भागको कुखुराको छालारहित मासुमा २४ प्रतिशत चिल्लो हुन्छ । यसैगरी, छालासहित कुखुराको खुट्टा, पँखेटा, साँप्रोमा चिल्लो पदार्थ, कोलेस्टेरोल र क्यालोरीको मात्रा बढी हुन्छ । कम मात्र चिल्लो प्रयोग गरी पकाउँदा र छाला निकाल्दा ‘तृप्त फ्याटी एसिड’ कम हुन्छ । ग्रिल, बेक गरी मासु पकाएको छ भने खानेबेला मात्र छाला निकाल्दा राम्रो हुन्छ । यस्तै, कुखुरा तथा अन्य चराचुरुङ्गीको मासु प्रयोग गरी बनाएको ससेज, हटडग पनि स्वस्थकर हुँदैनन् ।

चराचुरुङ्गीको प्रकार अनुसार पनि चिल्लोको प्रतिशत फरक–फरक हुन्छ । कुखुरा र टर्कीको मासुमा झन्डै त्यति नै चिल्लो हुन्छ भने हाँस तथा यस्तै खालका चराको मासुमा चिल्लो बढी हुन्छ । जबकि अस्ट्रिच र परेवाको मासुमा चिल्लो, कोलेस्टेरोल र क्यालोरी कम हुन्छ । रातो मासुको दाँजोमा यस प्रकारका मासुमा फ्याटी एसिड कम हुने भएकाले उपयुक्त पकाउने विधि छनोट गर्न सके स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । सफा वातावरणमा उत्पादन भएका चराचुरुङ्गीको मासु उपभोग गर्न सके मासुबाट स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट जोगिन सकिन्छ ।

माछा : पौष्टिक र स्वास्थ्यका दृष्टिले मासुभन्दा माछा झन् पोषिलो हुन्छ । सकिन्छ भने, हप्ताको दुईचोटि खानामा माछा समावेश गर्दा राम्रो हुन्छ । यसमा चिल्लो तथा तृप्त फ्याटी एसिडको परिमाण कम हुनुका साथै प्रोटिन र भिटामिनजस्ता अति आवश्यक तत्वहरू प्रसस्त हुन्छ । खासगरी, यसमा भिटामिन बी–१, बी–३, बी–६ र भिटामिन ‘डी’ प्रसस्त हुनुका साथै फस्फोरस, आयोडिन, सेलिनियम, पोटासियमजस्ता खनिज तत्व पनि हुन्छन् । यसबाहेक अति आवश्यक तत्व ओमेगा–३ फ्याटी एसिड पनि हुन्छ ।

माछा र ओमेगा–३ फ्याटी एसिड : केही माछामा कोलेस्टेरोलको मात्रा बढी हुने भएकाले प्रायः खानामा संलग्न गरिँदैन । तर, कोलेस्टेरोलको मात्रा धेरै भए पनि फ्याटी एसिडको मात्रा कम हुने भएकाले माछालाई सधैँ बार्नु पर्छ भन्ने हुँदैन । यस्तै, माछा पखाल्दा, काट्दा तथा पकाउँदा सावधानी अपनाउन सके हानिकारक कीटाणु नष्ट हुन्छन् । माछा प्रोटिन, भिटामिन र खनिज पदार्थको उत्तम स्रोत हुनुका साथै यसमा पाइने स्वस्थकर चिल्लो पदार्थ ओमेगा–३ फ्याटी एसिडले रगतमा राम्रो कोलेस्टेरोल बढाउँछ ।

ओमेगा–३ फ्याटी एसिडले खराब कोलेस्टेरोल र ट्राइग्लिसिराइडको परिमाण कम गर्ने भएकाले मुटुसम्बन्धी समस्यालाई कम गर्न मद्दत गर्छ । यसबाहेक ओमेगा–३ फ्याटी एसिडले आइथ्राइटिसको समस्यालाई पनि कम गर्छ । ठूलो र मोटो खालको माछामा फ्याटी एसिड बढी हुन्छ भने सानो र मसिनो माछामा कम हुन्छ । नियमित रूपमा माछा खाने मानिसलाई मुटु सम्बन्धी रोगको सम्भावना कम हुन्छ । एजेन्सीको सहयोगमा ।