६ चैत्र २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सर्वोच्चले रिहा गर्ने आदेश दिए लगत्तै फेरि पक्राउ परे बास्तोला



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका न‍ेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिए लगत्तै पक्राउ गरेको छ । सोमबार सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै नेता बास्तोलालाई रिहा गर्न आदेश दिएको हो । 

न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिपनि थुनामा राख्दा बाध्यात्मक रुपमा पालना गर्नुपर्ने कानुनी कार्यविधि पालना नगरी म्याद थप माग गर्दा र दिँदा के कुन प्रयोजनको लागि म्याद थप गरिएको हो भन्नेसम्म पनि उल्लेख नगरी केवल फरक विचार र आस्था राखेका कारण पक्राउ गरेको देखिएको सर्वोच्चले उल्लेख गरेको छ।

सर्वोच्चले वास्तोलालाई थुनामा राख्दा न्यायिक दृष्टिकोणबाट उचित नदेखिने भन्दै बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको हो ।