२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

डाक्टर लाइसेन्स परीक्षा डिजिटलमा



अ+ अ-

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले डाक्टर दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा डिजिटलमा लिन थालेको छ। कागजमा परीक्षा लिने पद्धति फेर्दैे झन्डै दुई दशकपछि कम्प्युटरमा आधारित परीक्षा लिन थालिएको हो। यो व्यवस्थाले स्नातक तहसरहको  एमबीबीएस, बीडीएस र स्नातकोत्तर तहको विशेषज्ञ चिकित्सकलाई लाइसेन्स परीक्षामा सहज भएको छ।

यस परीक्षामा कुनै प्रश्नको उत्तर लेख्न छुट्ने पो हो कि भन्ने चिन्ता लिनुपर्दैन। कुनै प्रश्नको उत्तर लेख्न बाँकी रहे कम्प्युटरले सचेत गराउँछ। उत्तर लेखेको केही बेरपछि पुनः सच्याउन पनि सकिन्छ।

‘पहिलेको कागजी परीक्षामा उत्तर भर्दा धेरै त्रुटि हुने सम्भावना हुन्थ्यो। एकपटक लगाएको उत्तर चिह्न सच्याउन मिल्दैनथ्यो। अब उत्तरमा पुनः फेरबदल गर्न मिल्छ। दुई ठाउँमा उत्तर लेख्न मिल्दैन। दुई ठाउँमा उत्तर लेख्न खोजे कम्प्युटरले मान्दैन’, काउन्सिलका रजिस्ट्रार डा। कृष्णप्रसाद अधिकारीले भने, ‘फोटो, नाम र कतिवटा उत्तर भयो। कतिवटा बाँकी छन्। बुझाउनअघि नै कम्प्युटरले सचेत गराउँछ। तीन महिनाअघिको विशेषज्ञ परीक्षादेखि पुरानो शैली फेरियो।’ अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।