२५ माघ २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कला र साहित्यको सङ्गम ‘कालो सूर्य’



अ+ अ-

काठमाडौँ । अग्रज साहित्यकार भरत जङ्गमको भ्रष्टाचारसम्बन्धीको उपन्यास ‘कालो सूर्य’ (२०३६)माथि सृजना गरिएको चित्रकलाको प्रदर्शनी आजदेखि काठमाडौँमा सुरु भएको छ ।

पाँच दिनसम्म चल्ने प्रदर्शनीमा चित्रकार इन्दु पन्तले उपन्यास कालो सूर्यका भावहरुलाई २५ चित्रमा उतार्नुभएको छ । उहाँले भ्रष्टाचारका विषयमा लेखिएको उपन्यासका घटना–परिघटनालाई चित्र बनाएर पस्कनुभएको छ, जुन १५ भाषामा प्रकाशित भइसकेको उपन्यासलाई उहाँले अब भाषाविहीन बनाइदिनुभएको छ । अब विश्वका जो सुकैले पनि चित्रमार्फत भ्रष्टाचारविरुद्धको भाव बुझ्न सक्नेछन् ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले आज नेपाल कला परिषद्मा ‘कला र साहित्यको सङ्गम : कालो सूर्य’ विषयक चित्रकला प्रदर्शनी उद्घाटन गर्दै कालो सूर्यले विश्वव्यापी रुपमा प्रभाव पारेको र नेपालीत्वको परिचय पनि विश्वमा पुर्‍याउन सफल भएकामा प्रशंसा गर्नुभयो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी पूर्वकुलपति रागिनी उपाध्ययले कलाकार सन्तोष पन्तको ‘हिजोआजका कुरा’ र सर्जक भरत जङ्गमको ‘सेतो सूर्य’ले एउटै कुरा बोलेको र प्रख्यात रहेको सुनाउँदै भ्रष्टाचार नियन्त्रणका लागि सुरुमा आफैँलाई सफाइ गर्नुपर्ने बताउनुभयो । चित्रकार इन्दु पन्तले कलामार्फत जीवन्त बनाउनुभएको बताउँदै  उहाँले भन्नुभयो, “भरत जङ्गमको लेखन र इन्दुको रेखा र चित्र छन्, तिनले  विश्वमै भ्रष्टाचारविरुद्धको कुरा बोलिरहेको छ, उपन्यासलाई कलाले झन् जीवन्त पारिदिएको छ ।”

चित्रकार इन्दु पन्तले सर्जक जङ्गमगमले २०३६ सालमा लेख्नुभएको कालो सूर्य उपन्यास अहिलेसम्म १५ भाषामा प्रकाशित भइरहेको र त्यही पुस्तकलाई चित्रात्मक रुपमा प्रस्तुत गर्न पाउँदा गौरवान्वित महसुस भएको बताउनुभयो ।

अहिलेसम्म कलाकार पन्तले तीनवटा एकल प्रदर्शनी गरिसक्नुभएको छ । जारी प्रदर्शनीमा कालो सूर्य पुस्तकमा आधारित २५ र अन्य दुईसहित २७ वटा चित्र प्रदर्शनीमा समावेश  गरिएको छ । रासस