१२ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बालकुमारी घटनाबारे ओली – नैतिकता नभएका मन्त्री, हुतिहारा सरकार



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस १३ गते ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा आयोगले दोषी करार गरेका व्यक्तिलाई मन्त्रीबाट नहटाएको भन्दै सरकारको आलोचला गरेका छन् ।

पार्टी मुख्यालय च्यासलमा आजदेखि सुरु एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले आफैँले बनाएको आयोगले दोषी करार गर्दा पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा नगरेको भन्दै आपत्ति जनाएका हुन् ।

‘छानबिन आयोगले मन्त्री दोषी हो भनिसक्यो । न मन्त्रीले राजीनामा गर्छन्, न प्रधानमन्त्रीसँग कारबाही गर्ने हुती छ । नैतिकता नभएका मन्त्री र हुतिहारा सरकार छ । आफैँले बनाएको आयोगले दोषी करार गरेको छ, जुन दोषका कारण मान्छे मरे, प्रहरी कारबाहीमा परे । तर मन्त्रीले राजीनामा गर्नु नपर्ने ? गठबन्धनले यही गरेको छ, लोकलाज हाँसेको छ ।’ ओलीले भने ।

पुस १३ गते बालकुमारीमा कोरिया जान नपाएका युवाले गरेको प्रदर्शनमा मन्त्रीको गाडी पुग्दा झडपको स्थिति सिर्जना भएको थियो । त्यसक्रममा दुईजना युवाको ज्यान गएको थियो भने मन्त्रीको गाडी जलाइएको थियो ।