२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

दुई दिनमा कोरोनाबाट मृत्यु सङ्ख्यामा ७०१ जना थपिए, अझै बढ्न सक्ने



अ+ अ-

काठमाडौं । कोरोना  भाइरस  सङ्क्रमणबाट  मृत्यु  हुनेको  सङ्ख्या  पुनः  थप  भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी  तथा  रोग  नियन्त्रण  महाशाखाका  अनुसार थप ८३ जनाको कोरोनाले मृत्यु भएको छ । यसअघि  बुधबार  मात्रै  मन्त्रालयले  ६१८  जना  मृतक  थपिएको  जानकारी  दिएको  थियो  । 

इपिडिमियोलोजी  तथा  रोग  नियन्त्रण  महाशाखा  र  कोभिड  सङ्कट  व्यवस्थापन  केन्द्र  ९क्राइसिस  म्यानेजमेन्ट सेन्टर० कोरोनाका कारण मृतकको शव गणनामा अन्तर आएकोमा मन्त्रालयले गठन गरेको छानबिन समितिपछि बिहीबार थप ८३ र बुधबार थप ६१८ जना मृतक थपिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक  डा।  कृष्ण  पौडेलले  क्राइसिस  म्यानेजमेन्ट  सेन्टर  र  इपिडिमियोलोजी  तथा  रोग  नियन्त्रण  केन्द्रको  सिफारिसमा  बिहीबारसमेत मृतकको सङ्ख्या संशोधन गरी ८३ जना थपिएको जानकारी  दिए ।  उनले  केही सङ्ख्या अझै प्रमाणित हुन बाँकी  रहेकोले  थप  बढ्न  सक्ने  बताए । 

थपिएका  मृतकसँगै  नेपालमा  कोरोना  सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ७६७ पुगेको छ । पछिल्लो दुई दिनमा मन्त्रालयको नियमित तथ्याङ्कभन्दा ७०१ जना मृतक थपिएका छन् ।गोरखापत्र दैनिकमा समाचार छ ।