२५ माघ २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पाल्पामा टिपर दुर्घटनाः चालक र सहचालकको मृत्यु



अ+ अ-

रामपुर । पाल्पामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लु२ख ५६१ नं को टिपर दुर्घटना हुँदा चालक र सहचालकको ज्यान गएको हो ।

रुपन्देहीको खैरेनीबाट माथागढी–५ धामिका ढुङ्गाखानीतर्फ आउँदै गरेको टिपर माथागढी गाउँपालिका–५ आर्थोकघाटस्थित रहवास खैरेनी सडकखण्डमा आज उक्त टिपर दुर्घटना भएको हो ।

उक्त घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ का चालक २४ वर्षीय प्रदीप कुमाल र सोही ठाउँका सहचालक १८ वर्षीय मनिष परियारको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयाका प्रहरी उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । रासस