२५ माघ २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

वडाध्यक्षदेखि संघीय मन्त्रीसम्म सबैको सम्पत्ति छानबिन गरौ: कांग्रेस उपसभापति गुरुङ



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीबाट निर्वाचित वडाध्यक्षदेखि संघीय मन्त्रीसम्म सबैको सम्पत्ति छानबिन गर्नमाग गर्नुभएको छ ।

आजबाट सुरु भएको पार्टीको महासमिति बैठकलाई सम्बोधन गर्दै कानून न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेका गुरुङले सबैको सम्पत्ति छानबिन गर्ने हो भने आगामी निर्वाचनमा पार्टीलाई एकल बहुमत ल्याउन कसैले रोक्न नसक्ने दाबी गर्नुभयो । उहाँले व्यापारीहरु राजनीतिमा हामफाल्दा पार्टी संकटमा परेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो ‘नेपाली राजनीतिमा देखिएको क्रोनी क्यापटिजमका कारण व्यापारी नेता र नेता व्यापारी जस्ता देखिए । अबको दिनमा हामीले क्रोनी क्यापिटलजिमको विरुद्ध एक ठाउँमा उभिनु जरुरी छ’ गुरुङले भन्नुभयाे, ‘यही कारण आर्थिक सुशासन कायम गर्न सकिरहेका छैनौं । जबसम्म देशमा भ्रष्टाचार रहन्छ फेदमा बसेकालाई टुप्पोमा पुर्‍याउन सकिँदैन ।’

उहाले बैठकमा पेश गरिने प्रस्तावमा गहिरो गरी छलफल हुनुपर्ने र नीति बनाइनुपर्नेमा जोड दिनुभयो ।