१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

विश्वमै दुर्लभ मानिएको ‘ब्ल्याक प्यान्थर’ नेपालमा !



अ+ अ-

एजेन्सी। विश्वमै दुर्लभ मानिएको ‘ब्ल्याक प्यान्थर’ नेपालमा फेला परेको छ । वयस्क ब्ल्याक प्यान्थर काभ्रेजिल्लाको पलाञ्चोक भगवती नजिकै भेटिएको हो । 

ब्ल्याक प्यान्थरलाई त्यहाँका स्थानीयले मृत अवस्थामा फेला पारेका हुन् । विश्वमै दुर्लभ मानिएको ‘ब्ल्याक प्यान्थर’ फेला परेपछि जिल्ला वन कार्यालय काभ्रेले अनुसन्धान शुरु गरेको जनाइएको छ । ब्ल्याक प्यान्थर चितुवा वर्गमा पर्ने गर्छ । 

तस्बिरमा देखिए जस्तै ब्ल्याक प्यान्थर को पुरै शरिर कालो रंगको हुन्छ । काभ्रेमा फेला परेको यो चितुवा  ६ फिट लम्बाई र ३ फिट उचाइ भएको बताइएको छ । यसको उमेर करिब १० वर्षको रहेको अनुमान लगाइएको छ । 

अत्यन्त दुर्लभ वन्यजन्तुमा पर्ने यो ब्ल्याक प्यान्थर एसिया र अफ्रिका लगायतका जंगलमा पाइन्छ । ब्ल्याक प्यान्थर के कारणले मरेको भन्ने खुल्न सकेको छैन ।