१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एक भेडाको शरीरबाट ३५ केजी उन निक्लिएपछि



अ+ अ-

एजेन्सी । अस्ट्रेलियामा एउटा भेडाको शरीरबाट ३५ केजी उन निकालिएको छ। वास्तवमा पालेको भेडा भागेको वर्षौपछि भेटिँदा त्यो उनले पुरिएको अवस्थामा भेटिएको थियो।

उक्त भेडा भिक्टोरियाको जंगलमा भागेको थियो। त्यसको नाम बाराक रहेको बताइएको छ। वर्षौसम्म त्यसको शरीरबाट उन ननिकाल्दा त्यो भेडा उनले पुरिएको हो। धेरै उन भएका कारण उक्त भेटालाई हिँड्नै गाह्रो भएको थियो।

हालै मात्र सो भेडालाई मानिसहरुले भेट्टाएका थिए। त्यसपछि इदगार मिसन फार्म स्यांचुआरीमा ल्याएर त्यसबाट उन निकालिएको थियो। लाइभ साइन्सका अनुसार उक्त भेडाबाट ३५ केजी उन निकालिएको छ।

हाल उक्त भेडाको पहिले र अहिलेको तस्बिरहरु निकै भाइरल बनेका छन्। यस भेडा सम्बन्धी भिडिओहरु पनि बनेका छन्।