
काठमाडौं। नयाँ सवारी साधन खरिद गर्दा सवारी दर्तादेखि नै इम्बोस्ड नम्बर प्लेट अनिवार्य लिनुपर्ने हुन्छ । नम्बर प्लेटमा एकरूपता ल्याउन तथा सवारी साधनको वैज्ञानिक व्यवस्थापनका लागि अनिवार्य गरिएको हो ।
नयाँ खरिद गरिने दुईपाङ्ग्रे, चारपाङ्ग्रेलगायत सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागका महानिर्देशक गोगनबहादुर हमालले नयाँ खरिद गरिने सवारी साधनले दर्तादेखि नै अनिवार्यरूपले इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने प्रावधान लागु गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार विभागले यही महिनादेखि नै यो प्रावधान लागू गर्न लागेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।