२५ माघ २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

व्याकुल माइलाद्वारा बेबिलोन स्कुलका शिक्षक र कर्मचारीलाई ‘दशक सेवाकालीन शैक्षिक सम्मान’ प्रदान



अ+ अ-

काठमाण्डौ। राष्ट्रियगानका रचनाकार प्रदिपकुमार राई ‘व्याकुल माइला’ले राजधानीको शान्तिनगरमा रहेको बेबिलोन नेशनल स्कुलमा १० वर्ष अनवरत सेवा गरेका ८ जना व्यवस्थापक, शिक्षक र र्कमचारीलाई ‘दशक सेवाकालीन शैक्षिक सम्मान’ प्रदान गरेका छन् ।

आइतबार सम्पन्न विद्यालयको माद्यमिक तहको अभिभावक दिवस कार्यक्रममा सम्मानित हुनेहरुमा विद्यालय व्यवस्थापनतर्फ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् नृत्य, गायन तथा वाद्यवादन संयोजक गायक प्रकाश आचार्य, विद्यालयका प्रवन्ध निर्देशक देविभक्त राई र कार्यक्रम संयोजक टिकाप्रसाद सुवेदी छन् ।

यसैगरी सम्मानित हुने अन्यमा माद्यमिक शिक्षक मनोज मण्डल, आधारभूत तह शिक्षिका पवित्रा राजभण्डारी, लाइब्रेरियन जानुका सुवेदी, विद्यालय सहयोगी अप्सरा काफ्ले र छात्रावास सहयोगी छलिमाया मगर छन ।

बेबिलोन एजुकेशन फाउण्डेशनका अध्यक्ष तेज बहादुर राईको सभापतित्वमा सम्पन्न विद्यालयको माद्यमिक तहको २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयका प्रिन्सिपल राजु राईले विद्यालयको प्रगती विवरण तथा भावी योजनाबारे जानकारी गराएका थिए ।

त्यस अवसरमा माद्यमिक तहका विद्यार्थीहरुले नृत्य, गायन, ड्रिल, नाटक, कराते लगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।