२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

३३ महिनामा साढे ४७ अर्बको आर्थिक अपराध



अ+ अ-

काठमाडौं । विभिन्न उपाय अपनाएर राजश्व छल्नेले बितेको ३३ महिनामा करिब साढे ४७ अर्ब रुपैयाँ राजश्व छलेर आर्थिक अपराध गरेको पाइएको छ । राजश्व अनुसन्धान विभागले विभिन्न बहाना बनाएर सरकारी निकायका कर्मचारीहरूसँग कै मिलेमतो तथा सेटिङ मिलाएर यसरी अर्बौं राजश्व छलेको पाइएको हो ।

मुलुकलाई ठूलो घटना पुर्याउन खोज्ने आर्थिक अपराधको जालो तोड्दै बितेको दुई वर्ष नौ महिनाको अवधिमा झण्डै साढे ४७ अर्ब रुपैयाँ राजश्व छल्नेलाई धमाधम कानुनी दायरामा ल्याइएको हो ।

राजश्व अनुसन्धान विभागले सो अवधिमा राजश्व चुहावट र विदेशी विनिमय अपचलन गर्नेहरुको संख्या सबैभन्दा धेरै रहेको जनाएको छ । त्यसैगरी नक्कली फर्म खडा गरी मूल्य अभिवृद्धि करको झुटो विवरण पेस गर्ने लगायतका कसुरमा करिब १ हजार फर्मका सञ्चालकविरुद्ध विभिन्न अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

विभागले यस अवधिमा आर्थिक अपराधमा संलग्न विभिन्न फर्मका सञ्चालक विरुद्ध ४७ अर्ब ३३ करोड रुपैयाँ माग दाबीसहित विभिन्न अदालतमा मुद्दा दायर गरेको छ । राजधानी दैनिकमा समाचार छ ।