![](https://npdemo.kantipurinfotech.com/wp-content/uploads/2024/02/paksthan-rajdoot-1.jpg)
काठमाडौं । महिला उद्यमी महासंघ नेपालका पदाधिकारीले नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाशमीसँग भेटवार्ता गरेका छन् ।
राजदूत हाशमीको महिला उद्यमी महासंघ नेपालसँग निकै उपयोगी अन्तर्क्रिया भएको दूताबासले जनाएको छ । राजदूत हाशमीले
महासंघको कार्यले देशभित्र र बाहिर महिला उद्यमीहरूको सञ्जाल विस्तार भएको जनाउनु भएको छ ।
आगामी अप्रिलमा महासंघले आयोजना गर्ने एक्सपोमा सहकार्य गर्ने समेत राजदूत हाशमीले बताउनु भएको छ ।