काठमाडौं । सरकारले सिराहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई जिम्मेवारीबाट हटाएको छ ।
गृह मन्त्रालयको निर्देशनमा सीडीओ पाण्डे र जिल्ला प्रहरी कार्यालय, सिराहाका प्रमुख एसपी टेकुनन्द इवा लिम्बुसमेतलाई जिम्मेवारीबाट हटाइएको हो ।
यद्यपि, मन्त्रालयले दुवैलाई जिम्मेवारीबाट हटाउनुको कारणबारे भने बताएको छैन ।