![](https://npdemo.kantipurinfotech.com/wp-content/uploads/2022/03/bijuli_iU23fKZMUO.jpg)
काठमाडौँ । मंगलबार बिहान काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गरिने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार नयाँ निर्माण गरिएका फिडरमा लोड स्थानान्तरण गर्ने कार्यको लागि विभिन्न स्थानमा मर्मत कार्य गर्न लागिएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो ।
लगनखेल वितरण केन्द्रबाट विद्युत् सेवा आपूर्ति हुने सातदोबाटो, हात्तिवन,रिङरोड,सेतिपाखा, खुमलटार,जेम्स स्कुल लगायतका एरियाहरूमा विद्युत् आपूर्ति बन्द हुने सूचनामा जनाइएको छ ।
मंगलबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणले जानकारी गराएको छ ।