१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पार्टनरसँग खटपट परिरहन्छ ? प्रेम सफल बनाउन यी कुराहरु अप्नाउनुहोस्



अ+ अ-

एजेन्सी । कुनैपनि व्यक्तिलाई आफू र आफ्नो ‘पार्टनर’को सम्बन्ध राम्रो र सुमधुर होस् भन्ने चाहना हुन्छ । तर, समयको व्यस्तताका कारण होस् या अन्य कुनै कारणले अधिकांश मानिसहरुको आफ्नो पार्टनरसँगको सम्बन्ध राम्रो हुँदैन । सुमधुर सम्बन्धको चाहना हुँदाहुँदै पनि किन उनिहरुको सम्बन्ध राम्रो हुँदैन ? कहाँ चुकेका हुन्छन् प्रेम जोडीहरु ? कसरी राम्रो र सुमधुर बनाउने :

१) विश्वासको सिर्जना गर्नुहोस् ।

२) आफूलाई माया गर्नुहोस् सुन्दर बन्नुहोस्, सम्बन्धमा पनि तपाईको ‘बेष्ट भर्सन’ देखाउनुहोस्।

३) रहस्यमय मान्छे बन्नुहोस् ताकी तपाईको बारेमा हरेक कुरा पार्टनरलाई थाहा नहोस् । किनकी तपाईले विगतमा भोगेका कुरा सुनेपछि झगडा पर्दा पार्टनरले त्यहि पोईन्टलाई समातेर तपाईप्रति अविश्वासको वातावरण पैदा गर्न सक्छ ।

४) राम्रो कामको लागि खुलेर समर्थन गर्नुहोस् । सपोर्ट गर्नुहोस् । म साथ छु भन्ने आभाष दिलाउनुहोस् ।

५) उसलाई कहिल्यै परिवर्तन गर्न नखोज्नुहोस् । किनकी हरेक मान्छेको आफ्नै प्रकृतिको आनीबानी र व्यवहार हुन्छ ।

६) जहिले आत्मविश्वासी बन्नुहोस्ः विशेषगरी पुरुषको अगाडी, उसले कहिले अर्को पाटर्नरको खोजि गर्ने छैन । हरेक कुरामा पर्फेक्सन दिनुहोस् ।

७) हाँस्न नरोकिनुहोस्, नडराउनुहोस् , बरु निर्धक्क बानी विकास गर्नुहोस् ।

८) प्रतिबन्ध नलगाउनुहोस्ः कहिलेकाहिँ साथिहरुसँग रमाउन दिनुहोस्, घुम्न दिनुहोस्, जहिले उसलाई फ्री समय र ठाउँ दिनुहोस  ऊ आफूलाई मन लाग्ने क्रियाकलाप गर्न सकोस् ।

९) अनावश्यक शंका नगर्नुहोस्  ।

१०) अनावश्यक किचकिच गर्ने, प्रश्न थोपर्ने, चियोचर्चो गर्ने, अरुको प्रशंसा गर्ने, शंकाको वातावरण बनाउने काम नगर्नुहोस्

११) अध्ययनशील बन्नुहोस्, नयाँ कुराबारे ज्ञान लिनुहोस्, विश्व दुनियाँबारे ‘अपडेट’ हुनुहोस् ।

१२)  झुटो बोल्ने, अजासु अति जान्ने सुन्ने बन्ने, गफ दिने, मान्छे उचाल्ने, कुरौटे बानी, कुरा काट्ने, अरुलाई उडाउने आनीबानी छ भने आजै त्याग्नुहोस्।

१३) सकारात्मक सोच राख्नुहोस्।