
एजैन्सी । दक्षिणपश्चिम चीनको युनान प्रान्तमा सोमवार बिहान पहिरोमा परी मानिसहरु बेपत्ता भएका छन् ।
चीन सरकारका अधिकारीकाअनुसार पहिरोमा पुरिएकाको संख्या अज्ञात रहेको बताइएको छ । काउन्टीको प्रचार विभागका अनुसार झेन्सिङ काउन्टीको ताङफाङ टाउनको लिआङ्सुई गाउँमा बिहान ५:५१ बजे पहिरो गएको हो ।
बेपत्ताहरुको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।