२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नेपाली कांग्रेसले सरकारको नेतृत्वका लागि उचित वातावरण खोज्दै



अ+ अ-

काठमाडौं । नयाँ सत्तासमीकरणका लागि दलबीच दौडधूप चलिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नेतृत्वका लागि उचित वातावरणको खोजी गर्न थालेको छ । उसले उचित वातावरण बनेमा आफू नेतृत्व लिन तयार रहनेसमेत स्पष्ट पारेको छ । तर, कांग्रेसले भरपर्दो वातावरणको सुनिश्चितता भइसकेको बताएको छ । कांग्रेसले नयाँ सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट भरपर्दो विश्वासको वातावरण खोजिरहेको हो ।

कांग्रेस आन्तरिक रूपमा त्यसतर्फ अघि बढिरहेको छ । कांग्रेसभित्र सरकारको नेतृत्व लिने पक्षमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला एक मत छन् । वरिष्ठ नेता पौडेल र सिटौलाले देउवालाई सरकारको नेतृत्वका लागि अघि सर्न आग्रहसमेत गरिरहेका छन् । यद्यपि, देउवा केही दिन अघिसम्म कांग्रेस नेतृत्वमा जान नहुने अडानमा थिए । कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले वर्तमान सरकारको विकल्प खोज्न कांग्रेस तयार रहेको बताए तर हतार नगरी भरपर्दो वातावरणको सुनिश्चितता कांग्रेसले खोजिरहेको उनले जानकारी दिए । ‘सरकारको नेतृत्व लिन कांग्रेस तयार छ तर हतार गर्ने कुरा होइन, जोड– घटाउको कुरा हुन्छ । त्यसका लागि भरपर्दो वातावरण बनाउँदै अघि बढ्नुपर्छ,’ कांग्रेस सहमहामन्त्री महतले राजधानीसँग भने ।

कांग्रेसले नयाँ सरकारमा सत्ता सहकार्यबारे शुक्रबार जसपाका नेतासँग पदाधिकारीसहित छलफल गरेको थियो । सोक्रममा जसपाका नेताले प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको कांग्रेसले नै सरकारको नेतृत्व लिएर मुलुकलाई राजनीतिक गतिरोधबाट मुक्त गर्नुपर्ने धारणा राखेका थिए । कांग्रेससँग सहकार्य गर्ने पक्षमा माओवादी केन्द्रसमेत अघि बढिसकेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति देउवालाई पटकपटक भेटेर सरकारको नेतृत्व लिने दिशामा अग्रसर हुन आग्रह गर्दै आइरहेका छन् । राजधानी दैनिकमा छ ।