२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अन्योलमा कांग्रेस—माओवादी–जसपा गठबन्धन



अ+ अ-

काठमाडौं । संसद पुनःस्थापनापछि बदलिएको मुलुकको राजनीतिक ‘कोर्स’अनुसार नै सत्तारूढ बाहेकका दल सरकार फेरबदलको प्रयासमा निरन्तर लागेका छन् । तर उनीहरूको गठबन्धन सशक्त बन्न नसक्दा नयाँ सरकार बन्ने स्पष्ट आधार तय हुन सकेको छैन । एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि गठन भएको नेकपा खारेज गर्ने सर्वोच्चको फैसलासँगै बदलिएको राजनीतिक वातावरणकै बीच दल नयाँ सत्ता गठबन्धनको प्रयासमा जुट्दै आइरहेका हुन् । तर उनीहरूको प्रयासले सार्थकता पाउन सकेको छैन ।

संसद्को दोस्रो ठूलो दल कांग्रेस पछिल्ला दिनमा एकमतका साथ दृश्यमा देखिन थालेको छ भने तेस्रो भूमिकामा रहेको माओवादी केन्द्रसमेत वर्तमान सरकारको विकल्प खोज्ने गरी अघि बढिरहेको छ । तर संसद्मा चौथौं भूमिकामा स्थापित जनता समाजवादी पार्टीभित्र भने सरकारको विकल्प खोज्ने कि ओली नेतृत्वको सरकारलाई नै सघाएर अघि बढ्ने भन्नेमा अन्योल छ ।

अन्योलकै बीचमा कांग्रेस, माओवादी र जसपा गरी तीन दलका बीचमा नयाँ सत्ता गठबन्धन गर्न भन्दै औपचारिक छलफल र संवाद पनि जारी नै छन् । यी तीन दलबीचको छलफल र संवादले भने निर्णायक गति लिन सकिरहेका छैनन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारको नेतृत्वबाट प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्न र नयाँ सरकारको नेतृत्व गर्न तयार भएको छ । कांग्रेसभित्रको वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौला समूह सरकारको नेतृत्वका लागि सभापति देउवालाई अघि सार्ने निर्णयसहित अघि बढेपछि देउवासमेत सरकारको नेतृत्व गर्न तयार भएका हुन् । राजधानी दैनिकमा समाचार छ ।