१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

हराएको औंठी १३ वर्षपछि गाजरमा भेटियो



अ+ अ-

एजेन्सी । धेरै वर्षअगाडि हराएको एउटा मूल्यवान औंठी एउटा गाजरले लगाएको भेटिएपछि औंठी मालिक चकित परेकी छिन्।

१३ वर्ष पहिला म्यारी ग्राम्सले क्यानाडाको अल्बर्टामा आफ्नो बगैंचामा हीराको औंठी हराएका थिए। यो सन् २००४ को कुरा हो र अहिले मेरीको उमेर ८४ वर्ष छ।

यति धेरै समय बितेपछि उक्त औंठी फेला पर्ने आशा समाप्त नै भइसकेको थियो। तर, केही दिनअगाडि उनले उक्त औंठी आफ्नै बगैंचामा एउटा गाजरसँगै फेला पारिन्।

मेरीले औंठी हराएको कुरा अहिलेसम्म लुकाएरै राखेकी थिइन्। लाजले हराएको घटनाका बारेमा मेरी आफ्ना पतिसम्मलाई पनि बताएकी थिइनन्। तर, उनका छोरालाई यसबारेमा थाहा थियो।

सोमबार मेरीकी बुहारीले बगैंचामा गाजर उखल्दा उक्त रहस्यबाट पर्दा हट्न पुग्यो। वर्षौंसम्म माटोमा दबिएर रहेको औंठी बुहारीलाई गाजरमा फसेको अवस्थामा प्राप्त भयो।

मेरीले औंठी हराएको घटना लुकाउन बजारबाट एउटा उस्तै देखिने सस्तो खालको औंठी किनेकी थिइन्। कुनै बेला आफ्नी सासु बस्ने गरेको उक्त फार्ममा बस्न आएकी मेरीकी बुहारी कालिन डेलीलाई गाजर खान मनलागेपछि उनले उक्त गाजर उखेलेकी थिइन्।