१० मंसिर २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

यी हुन् बलिउडका सबैभन्दा लामो गीतहरु, कुनै गीत १५ मिनेट लामो छन्



अ+ अ-

एजेन्सी । फिल्मलाई सफल बनाउन कथासँगै संगीतको पनि महत्वपूर्ण भूमिका हुन्छ । भारतीय सिनेमामा, स्क्रिप्ट र संगीतको संयोजनले कुनै पनि फिल्मलाई हिट बनाउन सक्छ । बलिउडमा यस्ता धेरै फिल्म छन् जुन गीतका कारण हिट भएका छन् ।

योसँगै केही यस्ता नाम पनि छन् जसका गीतहरु चार्टबस्टर भए पनि फिल्म नराम्रोसँग फ्लप भयो । भारतीय चलचित्रमा गीतको ठूलो महत्व छ । संगीतकारहरूले यी गीतहरूमा धेरै रेकर्डहरू पनि बनाएका छन् ।

उदाहरणका लागि, गीतहरूको लम्बाइको कुरा गर्ने हो भने, तिनीहरू सामान्यतया पाँच मिनेटको हुन्छन्, तर, यस्ता गीतहरू पनि छन् जुन लगभग १५ मिनेटसम्म छन् र ती गीतहरू दर्शकहरूले धेरै मन पराएका छन् ।

अब तुम्हारे हवाले वतन साथियों-शीर्षक गीत


सन् २००४ मा सिनेमाघरमा आएको फिल्म ‘अब तुम्हारे हवाले वतन साथियों’ मा धेरै ठूला स्टारहरु देखिएका थिए । फिल्मको टाइटल गीतलाई दर्शकले निकै रुचाएका छन् । यो १४ मिनेट २९ सेकेन्ड लामो थियो । यस गीतको शब्द समीरले लेखेका हुन् । त्यही क्रममा अनु मलिकले आफ्नो संगीतले सजाएका थिए । सोनु निगम र उदित नारायणको उत्कृष्ट आवाजले यसमा आकर्षण थपेको थियो ।

सुनो जी दुल्हन-हम साथ साथ हैं


हम साथ साथ हैं’ को ‘सुनो जी दुल्हन’ गीतले मानिसको मन छुन सफल भयो । १२ मिनेट ११ सेकेन्ड लामो उक्त गीतमा प्रतिमा रोय, उदित नारायण, सोनु निगम, रूप कुमार राठौर र कविता कृष्णमूर्तिले आफ्नो स्वरको जादू फैलाएका छन् । लामो गीत भए पनि दर्शकले मन पराएका छन् ।

द मेडले-मुझसे दोस्ती करोगे


‘मुझसे दोस्ती करोगे’ को अन्ताक्षरी गीत पनि यो सूचीमा परेको छ । यो १२ मिनेट नौ सेकेन्ड लामो गीत हो । यसलाई लता मंगेशकर, उदित नारायण, सोनु निगम र पामेला चोपडाले गाएका थिए । फिल्ममा ऋतिक रोशन, करीना कपुर, रानी मुखर्जी, उदय चोपडा लगायतका धेरै स्टार देखिएका थिए । जसलाई कुणाल कोहलीले निर्देशन गरेका थिए ।

मैं कहीं भी रहूं-एलओसी करगिल


एलओसी कारगिलु एक देशभक्तिपूर्ण फिल्म थियो । १२ डिसेम्बर २००३ मा रिलिज भएको यो फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेन तर यसका सबै गीतले जनताको मनमा स्थान बनाउन सफल भए । १० मिनेट १८ सेकेन्ड लामो गीत ‘मै कहाँ भी रहौं’ सोनु निगम, उदित नारायण, रूप कुमार राठोड, हरिहरन र सुखविन्दर सिंह जस्ता दिग्गज गायकहरूले गाएका थिए । यसको गीत प्रसिद्ध गीतकार जावेद अख्तरले लेखेका हुन् ।