१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बुधबार नेप्से परिसूचक ४०.४० अकंले बढ्यो, होटल एण्ड टुरिजम समूहको परिसूचक सर्वोधिक वृद्धि



अ+ अ-

काठमाडौं । बुधबार नेप्से परिसूचक ४०.४० अकंले बढेर  २ हजार ४ सय ३२.१४ विन्दुमा पुगेको छ । यो भनेको शेयर बजार १.६९ प्रतिशतले वृद्धि भएको हो । 

बुधबार २१२ वटा कम्पनीको ८६ लाख २६ हजार ६६७ कित्ता शेयरको ४४ हजार ६९७ पटकमा रू. ३ अर्ब ३७ करोड ४५ लाख ५२ हजार १७८ बराबरको शेयर खरीदविक्री भएको हो । 

बुधवारको कारोबारमा सबैभन्दा बढी कारोबार नेपाल इन्फ्रास्ट्रक्चरले ओगटेको छ । उक्त कम्पनीको रू. २० करोड ४ लाख बराबरको शेयर खरीदविक्री भएको छ । दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्सको रू. १८ करोड ८४ लाख ९५ हजार बराबरको शेयर खरीदविक्री भएको छ । 

कारोबारमा आएका १३ वटा समूहको परिसूचक बढेसँगै समग्र नेप्से परिसूचक बढेको हो । योदिन सबैभन्दा बढी होटल एण्ड टुरिजम समूहको परिसूचक ४.२६ प्रतिशत वृद्धि भएको छ । 

बैंकिङ समूहको परिसूचक १.१२ प्रतिशत, व्यापार समूहको परिसूचक १.१६ प्रतिशत, विकास बैंक समूहको परिसूचक १.०८ प्रतिशत, जलविद्युत् समूहको परिसूचक १.४९ प्रतिशत, वित्त समूहको १.२१ प्रतिशत, निर्जीवन बीमा कम्पनीको परिसूचक १.९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको परिसूचक १.८६ प्रतिशत वृद्धि भएको छ । 

यसैगरी अन्य समूहको परिसूचक २.५५ प्रतिशत, माइक्रोफाइनान्स समूहको २.७७ प्रतिशत, जीवन बीमा समूहको २.३४ प्रतिशत, म्युचुअल फण्डको ०.७८ प्रतिशत र लगानी समूहको परिसूचक १.३५ प्रतिशतले वृद्धि भएको हो । 

कारोबारमा आएका २१२ वटा कम्पनीमध्ये ६ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको छ ।  सबैभन्दा बढी चन्द्रागिरी हिल्सको शेयर मूल्य ९.९२ प्रतिशतले वृद्धि भएको छ । उक्त कम्पनीको शेयर मूल्य आज २७ दिनसम्म निरन्तर ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि हुँदै आएको छ । 

योदिन कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार १७५ पुगेको हो । जोशी हाइड्रोपावरको शेयर मूल्य ९.७७ प्रतिशत, ग्रीन लाइफ हाइड्रोपावरको ९.७६ प्रतिशत, युनाइटेड इदि मार्दी हाइड्रोपावरको ९.७० प्रतिशत र पञ्चकन्या माई हाइड्रोपावरको ९.६६ प्रतिशत र खानीखोला हाइड्रोपावरको शेयर मूल्य ९.३८ प्रतिशतका दरले वृद्धि भएको हो ।

त्यसैगरी सबैभन्दा बढी घलेम्दी हाइड्रोपावर कम्पनीका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८.९५ प्रतिशतले घटेको हो । 

योदिन शेयर मूल्य प्रतिकित्ता रू. १७३ मा झरेको छ । दोस्रोमा गुडवील फाइनान्स कम्पनीको शेयर मूल्य २.७८ प्रतिशतले घटेको छ । विगत केहि दिनदेखि घटेको बजारमा पुन स् खरीदकर्ता सक्रिय हुँदा बजार बढेको देखिएको छ ।