२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

वैशाख ७ गतेदेखि कोरोना खोपको दोस्रो डोज



अ+ अ-

काठमाडौं । पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप लगाएका स्वास्थ्यकर्मी तथा अन्य प्राथमिकतामा परेका व्यक्तिलाई आउँदो वैशाख ७ गते देखि ११ गतेसम्म दोस्रो मात्रा खोप दिइनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा माघ १४ देखि फागुन १० गते सम्म कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लिएका स्वास्थ्यकर्मीलगायतका अन्य प्राथमिकतामा परेका व्यक्तिलाई वैशाख ७ देखि ११ गते सम्म दोस्रो मात्रा दिने भएको हो ।

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)को बैठकले पहिलो प्राथमिकताको पहिलो र दोस्रो प्राथमिकता क्रममा परेका व्यक्तिलाई वैशाखमा खोप दिने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले आईसीएसको बैठकले पहिलो चरणमा खोप लगाएकालाई वैशाख ७ देखि दोस्रो पटकको खोप दिने निर्णय भएको जानकारी दिए ।

तीन महिनापछि पहिलो चरणमा खोप लगाएकाले दोस्रो पटकको खोप पाउन लागेका हुन् । सुरुमा चार हप्तापछि दोस्रो पटकको खोप लगाउने भनिए पनि अध्ययनले आठ देखि १२ हप्ता दोस्रो पटक खोप दिँदा प्रभावकारी हुने देखाएपछि सो अनुरूप गरिएको हो । गोरखापत्र दैनिकमा समाचार छ ।