२२ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ६३.३८ अंक बढ्यो, नेपाल बङ्गलादेशको सर्वाधिक हिस्सा



अ+ अ-

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक ६३.३८ अंकले बढेको छ । यो दिन शेयर बजार २.५६ प्रतिशत बढेर २ हजार ५३६.४६ विन्दुमा पुगेर बन्द भएको हो । 

त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि  ९.४४ अंक बढेर ४५३.५९ विन्दुमा पुगेको छ । यो दिन सेन्सेटिभ इन्डेक्स२ .१३ प्रतिशत बढेको हो । अघिल्लो कारोबार दिन बिहीबार १.७७ प्रतिशत अर्थात् ४२.४२ अंक बढेर २ हजार ४७५.०९ विन्दुमा पुगेर बन्द भएको बजार आइतबार २ हजार ४९४.४८ विन्दुदेखि खुला भएको हो । 

गत साताको तेस्रो कारोबार दिन मंगलबारदेखि उकालो लागेको बजारले यो साताको पहिलो दिन पनि निरन्तरता पाएको छ । यस दिन कारोबार रकम पनि बढेको छ ।गत बिहीबार रू. ४ अर्ब ६४ करोड ३३ लाख ७३ हजार बराबरको १ करोड ११ लाख ३० हजार १९६ कित्ता शेयर कारोबार भएको थियो । आइतबार भने रू. ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार बराबरको १ करोड २४ लाख ३० हजार २ कित्ता शेयर कारोबार भएको हो ।

यस दिन कुल कारोबार रकममा नेपाल बङ्गलादेश बैंकको सर्वाधिक हिस्सा रहेको छ । आइतबार नेपाल बङ्गलादेश बैंकको रू. ३९ करोड ९० लाख २२ हजार बराबरको शेयर कारोबार भएको हो । यस दिन बैंकको शेयरमूल्य पनि प्रतिकित्ता रू. ६ ले बढेर अन्तिम मूल्य रू. ३५५ कायम भएको छ । नबिल बैंकले प्राप्ति गर्ने हल्लाचलेसँगै देखिएको उक्त कम्पनीको शेयरप्रतिको उत्साह यो दिन पनि कायमै रहेको छ । नबिल बैंकले भने प्राप्तिको सम्बन्धमा कुनै पनि आधिकारिक निर्णय सार्वजनिक गरेको छैन । 

आइतबार २०६ वटा कम्पनीको कारोबार ८० हजार ९८६ पटकको व्यापारमा भएको हो । यस दिन कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेकोमा सर्वाधिक होटल्स तथा पर्यटन समूहको ५.३६ प्रतिशतले बढेको छ । 

त्यस्तै लघुवित्तको ५.७ प्रतिशत, निर्जीवन बीमा समूहको ४.५९ प्रतिशत, जीवन बीमाको ४.४४ प्रतिशत, उत्पादन तथा प्रशोधनको ३.१३ प्रतिशत, अन्यको २.९८ प्रतिशत, विकास बैंकको १.८५ प्रतिशत, बैंकिङको १.५१ प्रतिशत, लगानीको १.२९ प्रतिशत, म्युचुअल फण्डको १.२३ प्रतिशत, जलविद्युतको ०.६५ प्रतिशत, वित्तको ०.५६ प्रतिशत र व्यापारिकको ०.३६ प्रतिशत परिसूचक बढेको छ ।

उच्च अंकले बढेको बजारमा १० वटा कम्पनीको शेयरमूल्य पनि उच्च दरमा बढेको छ । यो दिन स्वरोजगार लघुवित्त, मिथिला लघुवित्त र सूर्योदय लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै सामूदायिक लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशत, समीट लघुवित्तको ९.९८ प्रतिशत, चन्द्रागिरी हिल्सको ९.९८ प्रतिशत, किसान लघुवित्तको ९.९७ प्रतिशत,स्वाभिमान लघुवित्तको ९.९६ प्रतिशत, युनाइटेड इदी मर्दीको ९.७९ प्रतिशत र सबैको लघुवित्त वित्तीय संस्थाको ९.१८ प्रतिशतले शेयरमूल्य बढेको हो ।

उच्च अंकले बढेको बजारमा ग्रीन लाइफ हाइड्रोपावर लिमिटेड र खानीखोला हाइड्रोपावरको शेयरमूल्य भने ६ प्रतिशतभन्दा बढीले घटेको छ । ग्रीनलाइफ हाइड्रोपावरको ६ .०६ प्रतिशतले घटेर अन्तिम मूल्य रू. ३७२ र खानीखोला हाइड्रोपावरको ६.०२ प्रतिशत घटेर अन्तिम मूल्य रू. १२५ कायम भएको हो ।