१९ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

जेटा फार्मले नेपालमा २ अर्व लगानी गर्ने



अ+ अ-

काठमाडौं । बाँझो खेतलाई उर्वर भूमिमा रुपान्तरण गर्ने र कृषकलाई मालिक बनाउने अभियानका साथ नेपालमा पहिलो पटक जेटा फार्म सञ्चालनमा आउँदैछ ।

कृषियोग्य भूमिहरुमा खेति नभइरहेको र कृषिप्रधान देश भनेर चिनिए पनि अधिकांश नेपालीहरु कृषि पेशाबाट पलाएन भइरहेको अवस्थामा नेपाली भूमिलाई पुन: कृषिमैत्री बनाउनको लागि जेटा फार्म परियोजनाको सुरुवात गर्न लागिएको हो । जेटा फार्म एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो । भारतीय नागरिकको अधिकतम् लगानीमा विदेशी साझेदारको समेत संलग्नता रहेको यस परियोजनाले १४ देशमा लगानी गरिसकेको छ । जसले गहुँ, चामल, तरकारी, फलफूल लगायतको उत्पादन गरिरहेको छ ।

नेपालमा भने यस परियोजनाले गोरखा जिल्लाको पालुङटार नगरपालिकाको वडा नं. ७ मा करिब १ हजार रोपनी जग्गामा लगानी गर्ने योजना बनाएको छ । २० बर्षको लागि सम्झौता गरिएको सो क्षेत्रमा आलु, प्याज, काउली, ब्रोकाउली, मास, लिची जस्ता कृषिजन्य उत्पादन गर्ने लक्ष्य रहेको परियोजनाका नेपाल प्रतिनिधि राजेन्द्र श्रेष्ठले बताए ।

त्यस्तै, परियोजनाले तनहुँ जिल्लाको भानु नगरपालिकामा पनि २ अर्व रुपैयाँ लगानी गर्ने योजनासहित कृषकहरुसँग छलफल गरेको छ । गत पौष २ गते भएको छलफलमा भानु नगरपालिकाका प्रतिनिधि तथा कर्मचारीसहित कृषकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

यसैबीच, परियोजनाका प्रबन्ध निर्देशक ऋतुराज शर्माले आफूहरु नेपालमा ठूलो लगानी भित्र्याउनका लागि उत्साहित रहेको भन्दै त्यसको लागि स्थानीय सरकारले सहजीकरण र किसानहरुले जग्गा उपलब्ध गराएमा तत्कालै माटो परीक्षण गरि कार्य अगाडि बढाउने बताए । उनले किसानहरुले जग्गा भाडामा उपलब्ध गराउँदा किसानको क्षमता अनुसार र नेपाल सरकारको नियम अनुसार रोजगार उपलब्ध गराउने र किसानले चाहेमा आफै मालिक बन्ने अवसरसमेत सिर्जना गराइदिने बताए । परियोजनाले फार्ममा काम गर्ने कृषकको स्वास्थ्य बिमा तथा सञ्चयकोषकोसमेत सुविधा उपलब्ध गराउनेछ । किसानले लगानी गरेपनि घाटा भने बेहोर्न नपर्ने गरि परियोजना सञ्चालन गर्दै आएको प्रबन्ध निर्देशक शर्माको भनाइ छ ।

परियोजनाले कृषकहरुलाई रोजगारीको अवसर सिर्जना गर्ने, उनीहरुको सिप र आम्दानी बढाउने, बाँझो खेतलाई उर्वर बनाउन मद्दत पुर्‍याउने तथा कृषि क्षेत्रको विकास र विस्तार गर्न योगदान पुग्ने हुनाले नगरपालिका र यस क्षेत्रका कृषकहरुले परियोजनाप्रति सकारात्मक धारणा बनाएको भानु नगरपालिकाका मेयर आनन्द त्रिपाठीले बताए ।

किसानहरूका लागि पेन्सन कोषको सुरुवातसँगै ​​थुप्रै सुविधाहरू समावेश गरेको यस परियोजनाले भारतको राजस्थान र महाराष्ट्रबाट अवार्ड समेत प्राप्त गरिसकेको छ ।