१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १३१ पुग्यो



अ+ अ-

चीनको गान्सु प्रान्त र छिमेकी छिङहाइ प्रान्तमा सोमवार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३१ पुगेको छ ।

गान्सुमा १ सय १३ र छिङहाईमा १८ जनाको ज्यान गएको छ भने अहिलेसम्म ७ सयभन्दा बढी घाइते भएका छन् । भूकम्पले गान्सुमा १ लाख ५५ हजार ३ सय ९३ घरमा क्षति पुगेको छ । चीनले भूकम्पका लागि राष्ट्रिय प्रकोप–राहत आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति गरेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा केन्द्रिय संस्थाका परियोजनाबाट ७३६ भन्दा बढी उद्धारकर्ता र नजिकैका क्षेत्रमा २ हजार ४२ अग्नि नियन्त्रक पठाइएको आपतकालीन व्यवस्थापन मन्त्रालयले जनाएको छ । मंगलवार बेलुका ७ बजेसम्म ७४ जनाको उद्धार गरिएको छ । मङ्गलवार गान्सु र छिमेकी छिङहाइ प्रान्तमा भूकम्पबाट प्रभावितलाई आधारभुत आवश्यकता पूरा गर्न १ लाख ३३ हजार ५ सय राहत सामग्री पठाइएको छ ।

भूकम्पले नराम्ररी प्रभावित क्षेत्र जोड्ने सबै ग्रामीण राजमार्गमा साँझ ७ बजेदेखि आवागमन सुचारु गरिएको छ । गान्सु र छिङहाईका सबै द्रुतमार्गहरू साथै राष्ट्रिय र प्रादेशिक ट्रंक सडकहरू सुचारु रूपमा सञ्चालन भइरहेका छन् र राहत कर्मचारी, आपूर्ति र सवारी साधनहरू विपद् प्रभावित क्षेत्रमा निर्बाध रूपमा पुग्न सक्ने यातायात मन्त्रालयले जनाएको छ । भूकम्प प्रभावित क्षेत्रमा विद्युत आपूर्ति सुचारु गर्न पनि प्रयास भइरहेको बताइएको छ ।