१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कोलकाताको इडेन गार्डेनमा कर्मचारीका छोराको शव झुण्डिएको अवस्थामा भेटियो



अ+ अ-

एजेन्सी । कोलकाता प्रहरीले सोमबार ऐतिहासिक इडेन गार्डेनको ग्यालरीबाट शव फेला पारेको छ । मृत्यु हुनेमा जग्गा कर्मचारीका छोरा धनञ्जय बारिक रहेका छन् ।

पीटीआई रिपोर्टका अनुसार धनञ्जयको शव एक ग्राउन्डकीपरले फेला पारेको थियो । जानकारी अनुसार इडेन गार्डेनको ग्यालरी–केको माथिल्लो तहमा युवकको शव झुण्डिएको अवस्थामा फेला परेको थियो ।

इडेन गार्डेनमा आफ्नो बुबा र नातेदारले जस्तै ग्राउन्ड स्टाफको रूपमा नियुक्ति नभएकाले धनञ्जय डिप्रेसनबाट पीडित भएको हुनसक्ने अनुसन्धानको जिम्मा लिएका एक वरिष्ठ प्रहरी अधिकारीले बताए ।

मृतक सायद डिप्रेसनबाट ग्रसित थिए, किनभने उनलाई उनका बुबा र नातेदारले जस्तै इडेन गार्डेनको ग्राउन्ड स्टाफको रूपमा नियुक्ति गरिएको थिएन,ू पीटीआईले अधिकारीलाई उद्धृत गर्दै भन्यो । मृतकका बाबु र आफन्त इडेन गार्डेनमा काम गरिरहेका छन् । यो आत्महत्या हो वा अरु केहि हो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाइएको छ । मृतकको शव पोष्टमार्टमका लागि पठाइएको छ ।

मृतकका आफन्तले आइतबार प्रहरी चौकीमा उनी बेपत्ता भएको भन्दै उजुरी दिएको प्रहरी अधिकारीले जानकारी दिए । इडेन गार्डेन दुर्घटनाका कारण विवादमा परेको यो पहिलो पटक भने होइन ।

अगस्ट ९ मा ड्रेसिङ रुममा आगलागी भएको थियो, जसमा धेरै खेलकुद सामग्री जलेको थियो । एकदिवसीय विश्वकपको तयारी भइरहेको निर्माण कार्यका क्रममा उक्त घटना भएको थियो ।