२२ माघ २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बारम्बार अवसर पाएकाहरुलाई राष्ट्रिय सभामा सहभागी गराउनु हुँदैनः नेता घिमिरे



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले पटक पटक अवसर पाएकाहरुलाई राष्ट्रिय सभामा सहभागी गराउनु नहुने बताउनुभएको छ ।

बुधवार शेखर—गगन समूहको बैकठमा सहभागी भइ बाहिरिने क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पटक पटक अवसर पाइसकेकाहरुको मूल्यांक भइसकेको र उनीहरुबाट कुनै राम्रो काम नभएको भन्दै अब नयाँलाई अवसर दिनुपर्ने बतउनु भयो । उहाँले राजनीतिक जागिर खाएजस्तो कार्य सम्पादन गर्नेहरुलाई राष्ट्रिय सभा सदस्य बनाउन नसक्ने कुरा शेखर समूहका नेतारुले पार्टी सभापति शेरबहादुर देउवालाई स्पष्ट भन्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पटक पटक अवसर पाएकाहरुलाई राष्ट्रिय सभामा सहभागी गराउनु हुँदैन, किनभने उहाँहरुको मूल्यांकन सबैले गरेको छ । उहाँहरुले के चमत्कार गर्नुभयो, हिजो अवसर पाउँदा मुलुक र डेमोक्रेसीका लागि के चमत्कार गर्नुभयो । राजनीतिक जागिर खाएजस्तो कार्य सम्पादन छ । फेरि अहिले अवसर दिनुपर्ने कारण के हो ? यो विषयमा महामन्त्री, उपसभापतिहरुले जिब्रो नचपाइकन स्पष्ट कुरा सभापतिसँग गर्नुपर्छ ।’

नेता घिमिरेले बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको बताउनु भयो ।