
काठमाडौं । नेपाल आयल निगमका कार्याकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् ।
मंगलबार उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
भोलि बुधबार २७ मंसिरबाट लागू हुनेगरी कार्यकारी निर्देशक थानीले राजीनामा बुझाएका हुन् । यद्यपि, राजीनामाका कारणबारे भने खुलाइएको छैन ।