२० फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

गाईलाई अंकमाल गर्न शूल्क तिरेरै लाइनमा बस्छन् मान्छेहरु



अ+ अ-

एजेन्सी । अमेरिकामा अहिले एक अभियानै चलेको छ । जुन सुन्दा निकै रोचक लाग्न सक्दछ । ‘गाईलाई अंकमाल गरौँ’ भन्ने अभियानमा मानिसहरुले सक्रियता जनाउँदै आएका छन् ।

यो अभियानमा सामेल हुनेको संख्या अहिले बढ्दो रूपमा छ । यस्तो अभियान न्युयोर्कको माउन्टेन हाउस फार्मले चलाइरहेको छ । तर, गाईसँग अंकमाल गर्न त्यसै पाइँदैन । त्यसका लागि पैसा खर्च गर्नुपर्दछ । निकै मोटो रकम खर्चेर मानिस अहिले गाईसँग अंकमाल गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो अभियानमा सामेल भएर गाईलाई अंकमाल गर्नेले ९० मिनेट समय बिताउन पाउँदछन् । त्यसका लागि उनीहरूले ३ सय डलर तिर्नुपर्छ । आखिर मानिसले यति धेरै पैसा खर्चेर किन गाईसँग अंकमाल गरेका त ?

एक अनुसन्धानका अनुसार मानिसले गाईलाई अंकमाल गर्दा ‘रिल्याक्स’ हुन्छन् । उनीहरूले गाईको हेरचाह र सुरक्षामा मानिसको ध्यान जाओस् भनेर पनि यसो गरेको बताइएको छ । धेरैलाई थाहा नहुन सक्छ कि, गाईसँगको अंकमालबाट मानिसको स्वास्थ्यलाई फाइदा पुग्छ भन्ने कुरा वैज्ञानिकले पनि प्रमाणित गरिसकेका छन् ।

वैज्ञानिकका अनुसार मानिसको शरीरको तापक्रमभन्दा गाईको तापक्रम निकै बढी हुन्छ । त्यसैगरी, मानिसको मुटुको धड्कन जति तीव्र हुन्छ, त्यो भन्दा निकै बढी गाईको मुटुको धड्कन तीव्र हुन्छ ।