२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

राप्रपा नेपालको केन्द्रिय समिति बैठक आज काठमाडौंमा बस्दै



फाइल तस्बिर
अ+ अ-

काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठक आज बिहान ११:०० बजे देखि काठमाडौंमा शुरु हुने भएको छ ।

बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिबेदन प्रस्तुत गर्नेछन् भने महामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले संगठन र आर्थिक प्रतिबेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत हुने “भ्रष्ट ब्यबस्थाको अन्त्य, संबैधानिक राजसंस्था सहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको स्थापना र सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लागि जनआन्दोलन तथा राष्ट्रिय मोर्चाको निर्माण” सम्बन्धि राजनितिक कार्यपत्र महामन्त्री राजाराम बर्तौलाद्वारा प्रस्तुत हुने संगठन बिभागको प्रतिबेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा प्रस्तुत हुने आर्थिक प्रतिबेदन हिजो बसेको कार्य सम्पादन समितिको बैठकले परिमार्जन सहित अनुमोदन गरेको थियो ।

केन्द्रीय समिती बैठकबाट छलफल पश्चात् मोर्चा निर्माण र आन्दोलनको तयारी बारेमा महत्त्वपूर्ण निर्णय गर्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । दुई दिन सम्म संचालन हुने केन्द्रिय समिती बैठक भोलि दिउँसो काठमाडौं उपत्यका भेला मार्फत निर्णयहरु सार्बजनिक गरेर सम्पन्न हुने पार्टीले जनाएको छ ।