१२ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अहिलेको सरकार गैरजिम्मेवार भएर बसिरहेको छ: ओली (भिडियोसहित)



अ+ अ-

वागलुङ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको आरोप लगाउनुभएको छ ।

बिहीवार मेची—महाकाली अभियानअन्तर्गत वागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकारलाई लज्जाबोध नभएको बताउनु भयो । अहिलेको सरकारको इमान भए राजीनामा दिएर निस्किनुपर्ने बताउनु भयो । उहाँले अहिलेको सरकारले स्वाधिनता कमजोर बनाएको र विकासका कामहरु ठप्प पारेको अरोप लगाउनु भयो । उहाँले अहिलेको सरकार असफल सरकार भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो सरकार लज्जाबोध नभएको सरकार हो । यसले राष्ट्रघाती काम गर्छ । यसले देशको इज्जत समाप्त पार्छ । यसले स्वाधिनता कमजोर पार्छ । स्वतन्त्रताको प्रयोग गर्न सक्दैन । राष्ट्रिय हीतको रक्षा गर्न सक्दैन । भूमिको बारेमा बोल्न सक्दैन । यस्तो सरकार हो । विकासका कामहरु एमालेको समयमा जुन भएका थिए । ति विकासका कामहरु ठप्प छन् । तैपनि यस्तो सरकार चलिरहेको छ । सरकार हौँ भनेर बसिरहेको छ । चल्न त के चल्नु र बसिरहेको छ । अर्थतन्त्र ध्वस्त भएको छ, महंगी बढेको छ, युवा पलायन भइरहेका छन्, देश कमजोर हुँदै गएको छ, बैंक र ऋणीहरुको सम्बन्ध अत्यन्त तनावपूर्ण बनेको छ । अहिलेको सरकार असफल मात्रै होइन, चरम असफल सरकार हो । यो त गैरजिम्मेवार भएर, इमान नभएर मात्रै सरकारमा बसिरहेको छ, नत्र राजीनामा गरेर घर जानुपर्ने सरकार हो । यो त सरकारमा बसिरहन लाज नमानेर, लाज नलागेर कसरी बसिरहेको छ सरकारमा अचम्म लाग्दो छ । देशको राजनीतिक अस्थिरता बढ्दो छ । अराजकता बढ्दो छ । जनतामा निराशा र अन्योल बढ्दो छ, युवाहरु पलायन भइरहेका छन्, अर्थतन्त्र ध्वस्त हुँदै गएको छ, कर्मचारी पाल्नका लागि आन्तरिक ऋण उठाएर पाल्नुपरेको छ । त्यही पनि पहिलो चौमासिकमा । पहिलो चौमासिक, जतिबेला सबैभन्दा बढी पसा संकलन हुन्छ ।’

अध्यक्ष ओलीले ऋण उठाएर कर्मचारी पाल्नुपर्ने बाध्यता अहिलेको सरकारले निर्माण गरेको बताउनु भयो ।