२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

जब लण्डनको बाक्लो धुवाँले एक दिनमै हजारौंको ज्यान लियो



अ+ अ-

एजेन्सी । आजभोलि आकाश कुहिरोले ढाकेको हुन्छ, जसका कारण मानिसहरूलाई सास फेर्न समेत कठिन भइरहेको छ ।

करिब ७० वर्षअघि लण्डनमा एक किसिमको धुवाँ गहिरिएको थियो, जसलाई मानिसहरूले सुरुमा हल्का रूपमा लिए तर यो उनीहरूको गल्ती थियो । त्यो धुवाँले यस्तो खतरनाक रूप लियो कि दिनमा अचानक अँध्यारो भयो, हजारौंको ज्यान गयो, अस्पतालमा ठाउँ थिएन, चारैतिर निकै डरलाग्दो दृश्य थियो ।

सन् १९५२ मा बेलायतको राजधानी लण्डनमा डिसेम्बरको शुरुवाती दिनमा डरलाग्दो अन्धकार थियो । ७० वर्षअघि लण्डनको आकाश पूरै कालो भयो । त्यहाँको हावा यति कालो र निस्सासिने भयो कि सूर्यको किरण पनि पृथ्वीमा पुगेन । यति मात्र होइन, यो हावाले एकै दिनमा हजारौंको ज्यान लियो ।

आज पनि यो डरलाग्दो दृश्य सम्झँदा इंग्ल्याण्डसहित सारा विश्व डराउँछ । यसलाई ‘ग्रेट स्मोग अफ लण्डन’ भनेर चिनिन्छ । यो कालोपन जसले लन्डनका सडकहरूमा चार दिनमै ४ हजार मानिस मार्यो । यो धुवाँमा कुल १२ हजार मानिसले ज्यान गुमाए ।

यो परिमाणको वायु प्रदूषण इतिहासमा पहिले कहिल्यै देखिएको थिएन । डिसेम्बरको शुरुमा धुवाँको अँध्यारोसँगै चिसो पनि उत्कर्षमा थियो । हावा नहुँदा प्रदुषण फैलने मौका मिल्यो । वास्तवमा, यो धुवाँको मुख्य कारण कोइला थियो, जसका कारण पूरै शहरमा कालो बादल छाएको थियो ।

यो धुवाँ ०५ डिसेम्बर देखि ०९ डिसेम्बर १९५२ सम्म रह्यो, जुन मौसम बदलिएपछि मात्र हट्यो । यो धुवाँ सडकमा मात्र नभई घरघर र बन्द ठाउँमा समेत प्रवेश गरेको थियो । लण्डनले यसअघि यस्तो धुवाँ देखेको थियो तर यो धेरै भयानक थियो । यो धुवाँलाई मटर सूप (मटरको सुप जस्तो घना)पनि भनिन्छ ।

यस अवधिमा मानिसहरूको स्नायु प्रणालीमा प्रतिकूल असर परेको थियो । आँखा जल्ने समस्या सुरु भयो । धुवाँका कारण ६ हजारभन्दा बढी मानिसको मृत्यु भएको र एक लाखभन्दा बढी मानिस रोगको सिकार भएको प्रतिवेदनले देखाएको छ ।

यो घटनापछि यसको स्वास्थ्यमा पर्ने असर, वातावरणसम्बन्धी अनुसन्धान, वातावरणीय कानुन र वायु शुद्धताप्रति सचेतनाका विषयमा विश्वभर चर्चा सुरु भएको थियो । पछि, सन् १९५६ मा बेलायतमा पहिलो पटक क्लिन एयर ऐन लागू भयो ।