१९ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नयाँ सरकारबारे जसपा अझै अनिर्णित



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्नो नेतृत्वमा गठबन्धन सरकार बनाउने निर्णय गरे पनि जनता समाजवादी पार्टी (जसपा) ले स्पष्ट धारणा बनाई नसकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर तत्कालै अर्को सरकार बन्नेरनबन्ने अनिश्चित छ । अलमलमा रहँदै आएको कांग्रेसले शुक्रबार केन्द्रीय कार्यसमिति बैठकबाट प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो ।

सत्ता समीकरणका लागि कांग्रेसजत्तिकै निर्णायक हैसियतमा रहेको अर्को विपक्षी जसपा भने अझै अनिर्णीत छ । प्रधानमन्त्री ओलीको विकल्प खोज्नेबारे जसपाभित्र दुई धारणा छन् । कांग्रेसको निर्णयले जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष उत्साही देखिएको छ तर अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले ओली र उनको विकल्पमा बन्ने सरकारलाई एउटै नजरले हेरेको छ ।

सरकारमा सहभागिता र समर्थन जनाउने विषयलाई यो समूहले निलम्बित सांसद रेशम चौधरीलगायत नेता– कार्यकर्ताको रिहाइ, उनीहरू विरुद्ध लागेको मुद्दा फिर्ता र संविधान संशोधनको सर्तसँग जोडेको छ । सरकारसँग यी माग पूरा गराउन ठाकुर पक्षले कार्यदल बनाएरै छलफल अघि बढाइरहेको छ । यी माग सरकार ले पूरा गरेमा प्रधानमन्त्री ओलीलाई नै पनि निरन्तरता दिन सकिने यो पक्षको संकेत छ । ‘हामीले अघि सारेका सबै माग सरकारले पूरा गर्न सक्छ भन्ने लाग्दैन, राजनीतिमा कतिपय विषय रणनीतिक हिसाबले अघि बढाइएको हुन्छ, त्यसलाई पनि बुझ्नुपर्ने हुन्छ,’ जसपाका एक नेताले भने, ‘ पार्टी फुटाएर ओलीलाई साथ दिने कुरा धेरै कठिन छ ।’ कान्तिपुर दैनिकमा समाचार छ ।