१९ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

काठमाडौंबासीको धारामा २४ सै घण्टा पानी वितरण यसरी गर्न सकिन्छ



अ+ अ-

काठमाडौं । मेलम्चीको पानी आएपछि उपभोक्ताको आवश्यकता पूरा गर्न सहज भए पनि माग भने पूरा नहुने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताएका छन् । 

हाल उपत्यकामा ४३ करोड लिटर पानीको माग भएपनि उपलब्ध ८ करोड लिटर र मेलम्चीको १७ करोड लिटर भएको उनको भनाइ छ । यसरी हेर्दा काठमाडौंमा २४ सै घण्टा पानी दिन याङ्ग्री र लार्केको थप ३४ करोड आएपछि मात्र सकिने बताए । 

'हाल उपत्यकामा ४३ करोड लिटर पानीको माग छ । हामीसँग उपलब्ध भनेको ८ करोड लिटर र मेलम्चीको १७ करोड लिटर आउने भन्ने कुरा छ । अहिले त साढे ८ करोड लिटर मात्रै आएको छ । १७ करोड लिटर पानी आएपछि २५ करोड लिटर हामीलाई हुनेछ । अझै पनि १८ करोड लिटर त पानीको अभाव हुनेछ । चौबीसै घण्टा पानी दिनका लागि पानी पर्याप्त भइसकेको छैन । त्यो पर्याप्तता याङ्ग्री र लार्केको थप ३४ करोड आएपछि माग र आपूर्ति मिल्नेछ ।

तर, याङ्ग्री र लार्के धेरै ढिला हुने र काठमाडौं उपत्यकामा जनसंख्या फेरि बढ्दै जाने हो भने फेरि पनि समस्या आउन सक्छ । याङ्ग्री र लार्के सकेसम्म छिटो ल्याउन सकियो भने अहिलेको माग धान्नलाई सजिलो हुन्छ । चौबीसै घण्टा हामी पानी दिन पनि सक्छौं भनेर हामीले अनुरोध पनि गरिरहेका छौं । यही किसिमबाट अगाडि बढ्ने भन्ने सरकारको पनि कार्यक्रम छ भन्ने हामीले बुझिरहेका छौं ।' कारोबार दैनिकमा शाक्यको अन्तर्वार्ता छापिएको छ ।