१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

खाना अर्डर गर्नुअघि शारीरिक तौल जोखाउनुपर्ने रेस्टुरेन्ट !



अ+ अ-

एजेन्सी । चीनको मध्यभागमा अवस्थित एउटा रेस्टुरेन्टले ग्राहकहरुलाई खाना अर्डर गर्नु अघि आफ्नो शारिरीक वजन नाप्न लगाउने गरेकोमा क्षमायाचना गरेको छ । चिनिया राष्ट्रपति सि जिन्पिंगले खाद्यान्न खेर नफाल्न गरेको आब्हान अनुरुप चलाइएको अभियान अन्तर्गत यो नीति अपनाइएको थियो ।

यसै साता देखि चाँगसा शहरको गाइको मासुको परिकार बिक्रि हुने रेस्टुरेन्टको मूलद्वारमा वजन नाप्न दुईवटा ठूला तराजु राखिएका छन् । सो रेस्टुरेन्टले आफ्नो वजन अनुसार मात्र खानाको अर्डर गर्न अनुरोध गरेको छ । साइन बोर्डमा ‘ अपरेसन एम्पटी प्लेट ’ तथा ‘ होसियार र परिश्रमी बन्नुहोस् र खाली प्लेटलाई बढावा दिनुहोस् ’ भन्ने नारा उल्लेख गरिएको छ ।’

तर यस नीतिले चीनको सामाजिक सन्जालमा तहल्का मच्चाएको छ । सामाजिक संजाल वेइवोमा यस रेस्टुरेन्टकोबारे ३० करोड पटक भन्दा बढि ह्यासट्याग थिचिएको देखन सकिन्छ ।

तसर्थ यस रेस्टुरेन्टले अनलाईनमा यसरी क्षमायाचना पोस्ट गरेको छ, ‘ राष्ट्रिय ‘ क्लिन प्लेट क्याम्पेन ’ को गलत किसिमले विश्वेलषण भएकोमा हामी गम्भीर क्षमायाचना गर्दछौं । हाम्रो खास उद्देश्य खाना खेर जान नदिनु र स्वस्थ ढंगले खानाको अर्डर गराउनु रहेको छ । हामीले ग्राहकहरुलाई अनिवार्य रुपमा आफ्नो वजन जोख्न कहिल्यै जवर्जस्ती गरेका छैनौं । ’

राष्ट्रिय टेलिभिजनले पनि धेरै परिकार र आवशयकता भन्दा बढि परिमाण टेवेलमा राखेर खान्दै गरेकाहरुको भिडियो फुटेजको आलोचना गरेको छ । आश्वयक भन्दा बढि खाना अर्डर गरेर प्लेटमा त्यसै खाना फालेर हिंड्नुलाई यसअघि चिनियाहरुले सामाजिक शालिनताको रुपमा लिने गरेका थिए ।