२१ माघ २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

‘स्टेडियममा खचाखच दर्शक भरिएलान्, समर्थन एकतर्फि रहेपनि हामी भारतसँग खेल्नका लागि आतुर छौं’



अ+ अ-

एजेन्सी । अस्ट्रेलियाले बिहीबार विश्वकप २०२३ को दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै आठौं पटक फाइनलमा प्रवेश गरेको छ । यसैबीच अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले आफ्नो टोली भारतविरुद्धको फाइनलको प्रतिक्षामा रहेको बताएका छन् ।

विश्वकप २०२३ को फाइनल खेल भारत र अस्ट्रेलियाबीच १९ नोभेम्बरमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । यो खेल हेर्न १ लाख ३० हजारभन्दा बढी दर्शक स्टेडियममा पुग्नेछन् । सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै भारत चौथो पटक फाइनलमा प्रवेश गरेको छ ।

कप्तान प्याट कमिन्सले भने, ‘रंगशाला दर्शकले खचाखच भरिनेछ । सायद दर्शकको समर्थन एकतर्फी हुनेछ तर हामी यसको आनन्द उठाउनेछौँ । हाम्रा लागि राम्रो कुरा के हो भने हाम्रा केही खेलाडी यसअघि पनि फाइनलमा पुगेका छन् । २०१५ को विश्वकप हाम्रो करियरको हाइलाइट थियो, त्यसैले अब हामीले भारतमा फाइनल खेल्नुपर्छ, जसका लागि हामी उत्सुक छौं ।’

कमिन्सले आफ्नो टोलीले आफ्नो फिल्डिङ स्तरमा निकै सुधार गरेको पनि बताए । कमिन्सले भने, ‘हामीले यसबारे धेरै कुरा गर्यौं । प्रतियोगिताको सुरुमा हाम्रो फिल्डिङ अलि खराब थियो । डेभिड वार्नर ३७ वर्षको उमेरमा पनि डाइभिङ गरेको देख्न सकिन्छ । हामीले धेरै सुधार गरेका छौं ।’