२८ फाल्गुन २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सरकारले तीन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउने



फाईल फोटो
अ+ अ-

काठमाडौं । सरकारले तीन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउदै सञ्चार मन्त्री तथा प्रवक्ता रेखा शर्माले मोरङको विराटनगर, काठमाडौंको मुलपानी र चितवनको गौतमबुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने बताएकी हुन् ।

‘मोरङको विराटनगर,काठमाडौंको मुलपानी,चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाउने निर्णय भएको छ । क्रिकेटमा खेलाडीहरुले राम्रो प्रदर्शन गर्नुभएको विषयमा पनि छलफल भयो । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको लामो समयदेखि अवरुद्ध रहेको थियो । त्यसको विज्ञ समूहले दिएको प्रतिवेदन कार्यान्वयनको लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ ‘, प्रवक्ता  शर्माले बताईन् ।