
काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक पुनः सरेको छ ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनमार्फत बैठक पुसको १६ गतेबाट १९ गतेसम्म सञ्चालन हुने कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।
यसअघि मंसिरको १३–१५ सम्म बैठक बस्ने भनेपनि सफल नभएको र आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिरको २९ देखि पुसको २ गतेसम्म गर्ने भनेपनि चाडपर्वको कारण पुनः सार्नुपरेको उनले बताए ।