२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

टाइम आउट विवादमा अडिग रहँदै शकिबले भने – म युद्धमा थिएँ, जे ठिक लाग्यो त्यही गरेँ



अ+ अ-

एजेन्सी । नयाँ दिल्लीस्थित अरुण जेटली स्टेडियममा सोमबार बंगलादेश र श्रीलंकाबीच भएको विश्वकप २०२३ को ३८औँ खेल विवादका कारण चर्चित बनेको छ ।

श्रीलंकाका अनुभवी अलराउन्डर एन्जेलो म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटमा टाइमआउट हुने पहिलो क्रिकेटर बनेका छन् ।

यसपछि बंगलादेशका कप्तान शकिब अल हसन आलोचकको निशानामा बने र उनको खेलकुदको निकै आलोचना भइरहेको छ ।

तर, म्याथ्युजविरुद्ध टाइम आउटका लागि अपिल गर्नमा शकिब अल हसनलाई कुनै संकोच छैन । यो सहि हो कि होइन थाहा नभएको तर कानुन भित्र रहेको उनले बताए ।

‘म युद्धमा छु जस्तो लाग्यो । मैले जे गर्नुपर्ने थियो, गरेँ । यस विषयमा बहस हुनेछ । समयले हामीलाई मद्दत गर्यो, म यसलाई बेवास्ता गर्दिनँ । हाम्रा एकजना फिल्डर मसँग आए र भने कि यदि तपाईले अपील गर्नुभयो भने, कानूनले भन्छ कि उसले समयलाई वेवास्ता गरे उनी बाहिर हुन्छन् ।’ शकिबले भने ।

बंगलादेशसँगको हार श्रीलंकाका लागि धेरै हिसाबले नराम्रो साबित भयो । उसको समस्या बढेको छ । श्रीलंकाको टोली सन् २०२३ को विश्वकपको सेमिफाइनलको दौडबाट पूर्ण रुपमा बाहिरिएको छ । यसका साथै च्याम्पियन्स ट्रफीको छनोटमा पनि उसको कठिनाइ बढेको छ ।

यो पनिः एन्जेलोले बंगलादेशमाथि रिस पोख्दै भने – कसैलाई यति तल गिरेको कहिल्यै देखेको छैन